रुपन्देहीको सैनामैनामा कपिलवस्तुका चौधरीको शव फेला
बुटवल, १६ मंसिर । रुपन्देहीको सैनामैना नगरपालिकामा एकजनाको शव फेला परेको छ ।सैनामैना नगरपालिका–४ स्थित रामलखनपुरामा आज एक जना मृतावस्थामा फेला परेका हुन् । शव कपिलवस्तुका वाणगङ्गा निवासी ४२ वर्षीय जग्गु चौधरीको भएको इलाका प्रहरी कार्यालय मुर्गियाले जनाएको छ ।चौधरीकोअत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय मुर्गियाले जनाएको छ ।