Connect with us
Kapilvast Forest

६० लाख नेपालीलाई मतदानबाट वञ्चित गरेर आउने जनमत अपूर्ण : अध्यक्ष कमल थापा

२०७६, १७ मंसिर मंगलवारमा प्रकाशित

राप्रपा अध्यक्ष कमल थापाले ६० लाख नेपाली नागरिकलार्इ मतदानबाट वञ्चित गरेर आउने जनमत अपूर्ण भइरहेको भन्दै विभिन्न कारणले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था हुनुपर्नेमा जोड दिएका छन् । अमेरिका भ्रमणका क्रममा टेक्सासको ड्यालसमा आयोजित नेपाली समुदायसंगको अन्तरक्रियामा अध्यक्ष थापाले प्रवासमा रहेर राष्ट्रवादी भावनाको विकासमा नेपाली समुदायले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरेका छन् ।

ध्यक्ष थापाले तत्कालीन संविधानसभामा राप्रपा समेतको जोडबाट गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्दछ भन्ने व्यवस्था कायम गरिएको तर संविधान जारी भएको चार वर्षमा पनि कानुन बन्न नसक्नु दुस्खद भएको बताएका छन् ।

ध्यक्ष थापाले लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको अविभाज्य क्षेत्र रहेकोमा जोड दिदै आम नेपालीको ऐक्यबद्धता, सम्पूर्ण राजनीतिक दलको एकमत र प्रवासमा रहेका नेपालीको दबाबमा पनि नेपाल सरकारले सीमा अतिक्रमण बारे भारत सरकारसंग वार्ता गरि समस्याको समाधानमा ढिलाइ गरिरहेको आश्चर्यजनक भएको बताएका छन् ।

सिमा सम्बन्धि समस्यामा राजा महेन्द्रलाई विवादमा तानिएको तर्फ संकेत गर्दै अध्यक्ष थापाले भारतीय पक्षलाई बलियो बनाउने र नेपालको तर्कलाई कमजोर बनाउने काम स्वयं नेपाली पक्षबाट भइरहेकोले कसैलाई दोष लगाउने चालबाजी नगर्न आग्रह गरेका छन् । सिमा अतिक्रमणका सम्बन्धमा प्रवासमा रहेका नेपालीको समुदायको र एनआरएनएको पहलकदमी, चासो र चिन्ता सकारात्मक र प्रशंसनीय रहेको पनि उनले बताए ।

 

नेपालका अन्य राजनीतिक दल भन्दा राप्रपा फरक विचार र फरक बाटोबाट हिडिरहेको बताउँदै कतिपयले दुस्साहसपूर्ण बाटो भनेतापनि नेपालको लागि राप्रपाले अबलम्बन गरेको मौलिक प्रजातन्त्र स्थापनाको बाटो सहि र उपयुक्त रहेको बताएका छन् ।

एनआरएनए एनसिसि टेक्सास च्याप्टरको आयोजनामा भएको भेटघाट एवं अन्तरक्रियामा एनआरएनए अमेरिका क्षेत्रको उप क्षेत्रीय संयोजक रामसि पोखरेल, एनआरएनए एनसिसि अमेरिकाका वरिष्ठ उपाध्यक्ष डा.अर्जुन बञ्जाडे र आयोजक संस्था टेक्सास च्याप्टरका अध्यक्ष राजेश अर्यालले राष्ट्रियताको मुद्दा र नेपाल भारत सिमा समस्या बारे राजनीतिक दलका बीच एकमत बन्न सकेकोमा प्रशंसा गर्दै नेपालको विकासमा गैर आवासीय नेपालीको सक्रिय भूमिका रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा राप्रपा अध्यक्ष थापा संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका छन् । अध्यक्ष थापा डिसेम्बर ४ र ५ मा वासिङ्टनमा हुने अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको राजनीतिक सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको सो पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् । विश्वका लिबरल डेमोक्रेटिक पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई अध्यक्ष थापाले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu