Connect with us
Kapilvast Forest

विजयनगर गाउँपालिकामा तीन दिने निःशुल्क आँखा शिविर

२०७६, १७ मंसिर मंगलवारमा प्रकाशित

मंसिर १७, कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकामा आइतबारदेखी तिन दिने निःशुल्क अप्रेशन सहितको आँखा जाँच शिविर शुरु भएको छ ।

विजयनगर गाउँपालिकाको आयोजना र छन्द कालेबाबु नाराएणी आँखा अस्पतालको प्राविधिक सहयोगमा हरिबोध आधारभुत विद्मालयमा शिविर चलिरहेको छ । उक्त शिविरमा परामर्श, निशुल्क औषधी वितरण, मोतीविन्दुको निःशुल्क अपरेशन र मोतीविन्दु सम्बन्धी सुगर जाँच, रगत जाँच लगायतका जाँचहरु गरिने डाक्टर ज्योती सापकोटाले बताउनुभएको छ ।विजयनगर गाउँपालिकाको आयोजनामा सञ्चालित निशुल्क आँखा शिविर गाउँपालिका अध्यक्ष्य गोपाल बहादुर थापाद्धारा बिरामीलाई बिरामी पुर्जा हस्तान्तरण गर्दै उद्घघाटन गरिएको थियो । शिविर उद्घघाटनमा बोल्दै अध्यक्ष्य थापाले हरेक वर्ष यसरीनै स्वास्थ्य शिविर राखिने प्रतिबद्धता जनाउनु भएको छ ।

सो शिविरमा हिजो र आज गरि ५७५ जना सेवाग्राहीहरुले सेवा लिएका थिए । जस मध्ये १५० जना मोतियाविन्दु भएका बिरामी भेटिएका छन् । ८० जना बिरामीको आज नै छन्द कालेबाबु नाराएणी आँखा अस्पतालले शिविर स्थानमै आँखा अपरेशन गरेको र बाकीलाई भोली अप्रेशन गर्ने भएको छ । हिजो देखी शुरु भएको शिविरमा आँखा बिरामीको भोली पनि चेकजाच गरिने भएकाले सम्बन्धीत बिरामीले मौकाको फाईदा उठाउन विजयनगर गाउँपालिकाले आग्रह समेत गरेको छ ।शिविरमा नेत्र सर्जन ज्योती सापकोटा र पाँच जना सहायक नेत्र सर्जन सहित १५ जनाको टोलीले उपचार गरिरहेकोे छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu