Connect with us
Kapilvast Forest

भीरबाट जीप खस्यो, दुईजनाको शव फेला

२०७६, १९ मंसिर बिहीबारमा प्रकाशित

बुटबल । पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप  तानसेन–बुटवल सडकखण्डको केराबारी र चौबिसमाइलको बीचमा भीरबाट जीप खसेको हो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार भीरमा दुईवटा शव देखिएको र गाडी टुक्रा–टुक्रा भएर ५ सय मिटरभन्दा तलसम्म पुगेको छ ।घटनाको विस्तृत विवरण आउन बाँकी रहेको ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी राम शाहले  बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj