Connect with us
Kapilvast Forest

सबै स्थानीय तह पक्की सडकले जोडिने

२०७६, २१ मंसिर शनिबारमा प्रकाशित

काठमाडौं । राजधानीबाट शनिबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक–फरक विषयमा प्रमुख समाचार बनाएका छन् । कान्तिपुर दैनिकले छाउपडी सम्बन्धि समाचारलाई नै मुख्य स्थान दिएको छ भने अन्य पत्रपत्रिकाहरुले १३ औं सागलगायतका विविध विषयमा प्रमुख समाचार बनाएका छन् ।

शुक्रबार जनता समाचार डट कम मा साग खेलकुदको छैटौँ दिन, नेपालले थप्यो ५ स्वर्ण, उत्कृष्ट एफक्यान एक्सिलेन्ट टेलिभिजन अवार्ड जनता टेलिभिजनलाई, शनिबार सवारीसाधन नचलाउन ट्राफिक प्रहरीको आग्रह, ग्लोबल आइएमई र जनता बैंकको एकीकृत कारोबार शुरु, रारामा नेपाल टेलिकमको फोरजी सेवा, गोलीकाण्डमा चार जनाको मृत्यु, ‘सिंहदरबारका घुमुवा संघीयता विरोधी हुन्’ लगायतका विषयमा प्रमुख समाचार प्रकाशन गरिए ।

गोरखापत्र दैनिकमा प्रदेश राजधानीदेखि सबै स्थानीय तहको केन्द्रसम्म अब पक्की सडक सञ्जालले जोडिने भएको समाचारलाई शीर्ष समाचार बनाइएको छ । समाचार अनुसार सडक सञ्जालले जोडिन बाँकी करिब ४६ स्थानीय तहमा पक्की सडक पुग्ने र कच्ची सडक पुगिसकेका स्थानीय तहमा पक्की सडककले जोडिने भएको हो ।

सरकारले राष्ट्रिय र प्रादेशिक सडक सञ्जालमा नजोडिएका स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधानीसम्म नजोडिएका स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधानीसम्म पक्की सडक निर्माणका लागि कार्यविधि निर्माण गरी कार्यान्वयन गर्ने अन्तिम तयारी गरेको पत्रिकामा लेखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यविधि निर्माण गरी रायका लागि अर्थ मन्त्रालयमा पठाएको छ । अर्थ मन्त्रालयले सहमति दिएपछि यसै वर्षदेखि लागू हुने गरी काम अगाडि बढाइने जनाएको समाचारमा लेखिएको छ ।

राजधानी दैनिकले ‘धमाधम सडक पिच’ शीर्षकमा समाचार छापेको छ । समाचारका अनुसार प्रधानमन्त्री केपी ओली आफ्नो कार्यकालको २१ महिनाको अवधिमा मन्त्रिपरिषद् पुनर्गठन गरेलगत्तै उपत्यकाका सडक पिच र खाल्डाखुल्डी पर्नुे काम धमाधम भइरहेको छ । गत ४ मंसिरमा प्रधानमन्त्री ओलीले केही मन्त्री परिवर्तन गरेका थिए भने कोहीको मन्त्रालय परिवर्तन गरेका थिए । यस्तै, विद्यार्थीको भविष्यमाथि त्रिभुवन विश्वविद्यालयको खेलबाड शीर्षमा समाचार पनि छ ।

नागरिक दैनिकमा ‘अभिलेखमा चार सय कक्षामा चार’ शीर्षकमा प्रमुख समाचार प्रकाशन गरिएको छ । सिरहाको भगवानपुर गाउँपालिका ४ विश्वासपट्टिस्थित आधारभूत विद्यालयको अभिलेखअनुसार कक्षा १ देखि ८ सम्म तीन सय ८० विद्यार्थी भएपनि अभिलेखअनुसार कक्षाकोठामा विद्यार्थी छैनन् । नागरिकका अनुसार विद्यालयमा विद्यार्थीका नाममा रोशनकुमार कामैत र आरतीकुमारी कामैत, मुक्तिकुमारी पासवान र रोहितकुमार कामैत मात्रै रहेको र बाँकी कक्षाकोठा बन्द रहेका छन् ।

पत्रिकाले आधारभूत विद्यालयमा विद्यार्थीको तथ्यांक बढाएर छात्रवृत्ति, पाठ्यपुस्तक, दिवा खाजा कार्यक्रमको बजेटमा पनि भ्रष्टाचार हुँदै आएको विश्लेषणात्मक समाचार बनाएको हो । यसैगरी कबाडी पेस्तोलले खेलाडीलाई धोका र ग्लोबल आइएमई मुलुककै ठूलो बैंक बनेको र सवा दुई खर्ब निक्षेप शीर्षकका अन्य प्रमुख समाचार पनि पत्रिकाको पहिलो पृष्ठमा समेटिएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu