इरानमा २ सयकाे मृत्यु, सात हजार पक्राउ
7 December, 2019
इरान । पछिल्लो समय भइरहेको प्रदर्शनका क्रममा हालसम्म सात हजार प्रदर्शनकारी पक्राउ परेका छन् । संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको विवरण अनुसार पक्राउ परेका मध्ये केही व्यक्तिलाई रिहा गरिएको छ ।
राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी कार्यालयले जारी गरेको वक्तव्यमा आधिकारिक तथा घटनालाई पुष्टि गरेको भिडियोमा प्रदर्शनकारीलाई सुरक्षाकर्मीले पिट्ने, लखेट्ने, गोली प्रहार गर्ने, हत्याको प्रयास गर्नेजस्ता क्रियाकलाप भएको देखिएको छ । प्रदर्शनका क्रममा अहिलेसम्म २ सय ८ जनाको मृत्यु भएको एम्नेष्टी इन्टरनेश्नलले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
भिडियोमा सुरक्षाकर्मीहरु धेरै ठाउँमा प्रदर्शनकारी विरुद्ध जाइलागेको देखिएको मानव अधिकारसम्वन्धी राष्ट्र संघीय उच्च आयुक्त मिचेल बाचेलेटले बताउनुभयो ।