Connect with us
Kapilvast Forest

नेकपा सचिवालय बैठक सोमबार बस्दै, एजेण्डाका विषयमा ओलीसँग छलफल

२०७६, २२ मंसिर आईतवारमा प्रकाशित

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पार्टी सचिवालय बैठक बोलाउने तयारी गरेका छन् ।

पार्टी मुख्यालय घुम्बाराहीमा बस्ने गरी सोमबार बिहान ९ बजेका लागि सचिवालय बैठक बोलाउने तयारी भएको प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले खबरहबलाई जानकारी दिए ।

यसअघि प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली समेत बैठकमा सहभागी हुनसक्ने संकेत मिलेपछि बालुवाटारमा सचिवालय बैठक बस्ने भनिएको थियो । तर, प्रधानमन्त्रीले स्वास्थ्यका कारण बैठकमा पूर्ण समय दिन नसक्ने भएपछि बैठक धुम्बाराहीमै बस्ने गरी बोलाउने तयारी भएको हो ।सचिवालय बैठक अघि प्रचण्डले बैठकका एजेण्डाबारे प्रधानमन्त्री ओलीसँग आइतबार दिउँसो नै छलफल गर्ने तयारी गरेका छन् ।

अध्यक्ष प्रचण्डले आइतबार काठमाडौंमा आयोजित एउटा कार्यक्रममा बोल्दै सचिवालय बैठक अघि प्रधानमन्त्री ओलीसँग महत्वपूर्ण विषयमा छलफल गर्न लागेको बताएका थिए ।

पार्टी सचिवालय बैठकको निर्णयानुसार ‘कार्यकारी’ अध्यक्षको जिम्मेवारी पाएका प्रचण्डले यसअघि बुधबार पनि सचिवालय बैठक बोलाएका थिए । बुधबारको वैठकमा हालै सम्पन्न उपनिर्वाचनको परिणाम, प्रधानमन्त्रीको स्वास्थ्य अवस्था लगायत विषयमा छलफल भएको थियो ।

बुधबार बसेको सचिवालय बैठक पछि उपनिर्वाचनको पूर्ण समीक्षा गरेर प्रतिवेदन पठाउन भन्दै उपनिर्वाचन सम्पन्न भएका जिल्ला, प्रदेश र स्थानीय तहका कमिटीलाई निर्देशन दिइएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu