Connect with us
Kapilvast Forest

कोहलपुर तनावग्रस्त: प्रहरीको गोली लागेका विद्यार्थीलाई काठमाडौं ल्याइयाे

२०७६, २२ मंसिर आईतवारमा प्रकाशित

कोहलपुर-ट्रकले विद्यार्थीलाई किचेपछि तनावग्रस्त बनेको बाँकेको कोहलपुरमा प्रहरीले चलाएको गोली लागेर एक विद्यार्थी घाइते भएका छन् ।

घाइते विद्यार्थीलाई काठमाडौं ल्याइएकाे छ । नेपाली सेनाकाे हेलिकाेप्टरबाट घाइतेलाई काठमाडाै‌ ल्याइएकाे हाे । आइतबार बिहानै देखि जारी प्रदर्शनले उग्र रुप लिएपछि प्रहरी र प्रदर्शनकारी बीच झडप भएको थियाे । झडपमा दर्जन बढी विद्यार्थी घाइते भएका छन् ।

 

प्रहरी कार्यालय नै घेराउ गरेपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार, प्रदर्शनकारीको आक्रमणमा परी डीएसपी हेमराज थापा सहित नौ जना प्रहरी समेत घाइते भएका छन् ।कोहलपुर–१० स्थित त्रिभुवन माविका विद्यार्थी छात्रा प्रकृती चन्दलाई कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले किचेको थियो । ट्रकले किचेर घाइते भएकी चन्दकाे मृत्यु भएपछि प्रदर्शन शुरु भएकाे थियाे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj