संकटमा हिंसा प्रभावित महिला आश्रय गृह
file thoto
कपिलवसतु २२ मंसिर,
लैगीक हिंसा बिरुद्ध १६ दिने अभियान जारी भएको बेला हिन्सामा परेका महिलाहरुलाई साहारा दिने आश्रय गृह भने चरम आर्थिक संटमा परेका छ । आर्थिक अभावका कारण कपिलवसतुको तौलिहवा स्थित हिंसा प्रभावित आश्रय गृहसंकटमा परेको हो । साथी संस्थाले घरेलु हिंसा प्रभावित महिला र बालबासलकाका लागी बिगत १० बर्ष देखी सञ्चालन गर्दै आएको सुरक्षित आश्रय गृह सञ्चालन गर्दै आएको छ । बजेट नहुदा आश्रीत महिलाहरुको लालनपालन, र भाडा, कर्मचारी तलब दिन मुस्किल परेको साथी संसथाले जनाएको छ । आ
श्रय गृहमा १० देखि २० जना सम्म रहने गरेका छन । साथी स्रंस्था अनुसार महिला आश्रय गृह संचालनकालागि कबिर २१ लाख बजेट चाहिन्छ । तर बजेट नहुदा अहिले अआश्रय गृह आफै बन्द हुने अवस्थामा पुगेको हो । बजेट अभाव पछि आश्रय गृहले बिभिन्न दाताहरुसंग खाद्यान्न सहयोग समेत जुटाृन सुरु गरेको छ । यसैक्रममा वडाबासी अशोक गुप्ताले १ न्युनटल चामल तथा सशस्त्र प्रहरी गण नम्बर ३८ का प्रमुख सशस्त्र प्रहरी उपरिक्षक जनक पुरीले २ क्युन्टल चामल, ५० किलो दाल, ५ लिटर खाने तेल उपलब्ध गराएको संस्थाले जनाएको छ । साथी संस्थाको केन्द्रिय कार्यालयले अब आश्रय गृह संचालनकालागि बजेट दिन नसक्ने जनाए पछि आश्रय गृह बन्द हुने अवस्थामा पुगेको आश्रय प्रमुख बिमला पौडेलले बताईन । नेपाल सरकारको निती अनुरुप सञ्चालित आश्रय गृहका लागी बिगतका बर्ष देखी नै नियमित दाताहरु नहुदाँ श्रोत अभाव भएको उनले गुनासो गरिन । स्थानिय तहले बजेट बिनीयोजन गरि सहयोग गरेको अवस्थामा मात्रै आफुहरुले आश्रय गृहको सेवालाई निरन्तरता दिन सक्ने अवस्था रहेको उनले बताईन ।
सिमित श्रोत र साधनका बिचमा पनि १० बर्ष देखी आश्रय गृह नियमित सञ्चालन गर्दै आएका छौ , स्थानिय तहबाट सहयोग नपाए निरन्तरता दिनै समस्या छ उनले भनिन । सरकारका बिभिन्न ऐन र नितीहरुमा पिडितका लागी आश्रय गृह सञ्चालनको व्यवस्था छ । गैरसरकारी निकायले प्रदान गरेको सेवा रोकिए पिडितहरु झन पिडित हुने बातावरण आउने बताउदै उनले सो बिषयलाई स्थानिय तहहरु बिच जानकारी गराइएको बताईन कपिलवसतु नगरपालिका र वडाले केही सहयोग गरेको पौडेलले बताईन । तर त्यो पर्याप्त नभएको उनले बताईन ।
कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले हिंसा प्रभावितका लागी आश्रय गृह सञ्चालनमा आफुहरुले केहि बजेट बिनीयोजन गर्ने बताए । उनले स्थानिय तह सँग समेत बजेट बिनीयोजनका लागी पहल गर्नु पर्नेमा जोड दिए । हिंसा प्रभावितका लागी सञ्चालित सुरक्षित आश्रय गृहको सेवाका कारण जिल्लाका सबै सरोकारवालाई सहजता भएको उनले बताए ।