Connect with us
Kapilvast Forest

निर्मला पन्त प्रकरण : हत्यारा पहिचान हुँदासमेत पक्राउको साइत कुर्दै प्रहरी

२०७६, २३ मंसिर सोमबारमा प्रकाशित

nirmala

धनगढी-प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ९आईजीपी० ५ मंसिर साँझ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी पुगे। नेपालगन्ज विमानस्थलमा ओर्लिएर धनगढी पुगेका आईजीपी खनालले प्रदेश प्रहरी कार्यालयमै कञ्चनपुरबाट एउटा मुद्दाको अनुसन्धान फाइल झिकाए। फाइल निर्मला पन्त हत्या प्रकरणको थियो, जुन गत वर्ष राष्ट्रिय मुद्दा बन्न पुग्यो।

कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यसहितको टोली फाइल बोकेर धनगढी आएको थियो, ६ मंसिर बिहान। फाइल अध्ययनपछि प्रहरी महानिरीक्षक आईजीपी खनालले अभियुक्तलाई तत्काल पक्राउ गर्नुपर्ने विषयमा छलफल गरे। तर कञ्चनपुर प्रहरीले १४ मंसिरको उपनिर्वाचनपछि मात्रै पक्राउ गर्दा राम्रो हुने राय दिएपछि भोलिपल्ट साँझ खनाल काठमाडौं फर्किए।

डेढ वर्षपछि निर्मला हत्याका दोषी पक्राउ गर्ने निचोडमा प्रहरी पुगेको छ। त्यही भएर फिल्डको अवस्था र अनुसन्धानको प्रगति जाँच्न महानिरीक्षक खनाल सुदूरपश्चिम प्रदेश पुगेका थिए। तर प्रहरीले पक्राउ गरिहालेको छैन। कारण हो, अनुसन्धानका क्रममा प्रहरीले स्वयंमले गरेका शंखलाबद्ध गल्ती।

सीआईबी र अपराध महाशाखाको संयुक्त अनुसन्धान टोलीले अहिले अभियुक्त पहिचान गरे पनि पक्राउ गरिहाल्न भने सकेको छैन। प्रहरीसँग अहिले अभियुक्तले घटना आफूले गराएको भनेर सकारेको एउटा भिडियो छ। एक स्थानीयसँग कुराकानी गर्दा ती व्यक्तिले निर्मलालाई आफूले बलात्कार र हत्या गरेको भनेर स्वीकारेको भिडियोमा देखिन्छ।

यसका साथै ती व्यक्तिलाई घटनास्थल छेउको कल्भर्टमा दिउँसो २ बजेतिर सुतेको आफूले देखेको भनेर एक महिलाले कागजसमेत गरेकी छन्, जसलाई प्रहरीले प्रमाणका रूपमा राखेको छ। ‘धन्न त्यतिबेला मलाई एकान्तमा केही गरेनछ,’ ती महिलाले प्रहरीमा गरेको कागजमा भनेकी छन्।

त्यसबाहेक ती व्यक्तिले निर्मला हत्यापछि समेत केही महिलालाई यौन दुव्र्यवहार गरको कागजात प्रहरीले फेला पारेको छ, जसले उसको आपराधिक छवि स्थापित गराउन मद्दत पुग्ने प्रहरीको आकलन छ। यसबाहेक प्रहरीसँग भौतिक सबुत् केही छैन। यत्ति हो, पहिलेजस्तो समाज प्रहरीविरद्ध एकढिक्का छैन।

महानिरीक्षक स्वयं घटना क्षेत्र पुगेर दोषी पक्राउ गर्न दबाब दिनाले उनी अबको दुई महिने कार्यकालमै यो प्रकरण टुंग्याउन चाहन्छन् भन्ने देखाउँछ। प्रहरी मात्र होइन, सरकारकै क्षमता मापक बनेको निर्मला हत्या प्रकरण सल्टिए ठूलो सफलता हुनेछ।
–मनबहादुर बस्नेत, नेपाल साप्ताहिकमा प्रकाशित

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu