Connect with us
Kapilvast Forest

कपिलवस्तुमा कार दुर्घटना,पाण्डेको मृत्यु

२०७६, २३ मंसिर सोमबारमा प्रकाशित

accident

कपिलवस्तु मंसीर २३,
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं ८ को बोडगाउँ नजिकै कार दुर्घटना भएको छ ।   जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ८ को बोडगाउँ नजिकै कार दुर्घटना भएको हो ।

दुर्घटनामा कपिलवस्तु नगरपालिका वडा नं. ९ का अन्दाजी २९ बर्षीय सुरेश पाण्डेको मृत्यु भएको छ । पाण्डेले सो कार आफै चलाएको बुझिएको छ । घरबाट चारनम्बर जितपुरका लागि आउँदै गरेको बा ६ च ६३९० नम्वरको कार दुर्घटना हुँदा अन्य ५ जना घाइते भएका छन । घाइतेहरु मध्ये दुई जनाको बुटवलमा उपचार भैरहेको छ । अरुको चारनम्बरस्थित कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेको कार आफै अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ । कार सडक नजिकै रहेको विद्युतको पोलमा ठोक्किएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj