Connect with us
Kapilvast Forest

अभियान चलिरहँदा बालिकामाथि जबरर्जस्ती

२०७६, २३ मंसिर सोमबारमा प्रकाशित

काठमाडौं । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा रसुवामा ९ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

उत्तरगया गाउँपालिका–२ डाँडागाउँका २५ वर्षीय कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो । घरमा खेलिरहेकी बालिकालाई ललाइफकाइ आफ्नो कोठामा लगेर तामाङले जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले बताएको छ ।

घटनाबारे बालिकाले परिवारलाई भनेपछि प्रहरीमा उजुरी परेको थियो । तामाङलाई शनिबार पक्राउ गरी आश्वयक कारबाही प्रक्रिया अघि बढाएको प्रहरी नायब उपरीक्ष भाग्येन्द्र पुरुष ढकालले जानकारी दिनुभयो । नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj