खानेपानी ट्यांकीमा किशोरको शव
पाल्पा । खानेपानीको ट्यांकीमा एक किशोर मृत फेला परेका छन । जिल्लाको तिनाउ गाउँपालिका–६ मस्याममा आइतबार एक किशोर मृत फेला परेका हुन् ।
स्थानीय १६ वर्षीय रवीन पुनको शव खानेपानी ट्यांकीभित्र भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले जानकारी दिनुभयो । गाउँका धारामा पानी नआएपछि ट्यांकीमा हेर्न पुगेका कर्मचारीले किशोरको शव भेटाएका थिए । घटना के कारणले भयाे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।