कपिलवस्तुको विजयनगरमा झुलुङ्गे पुलको शिलान्यास
कपिलवस्तु मंसिर २३,
विजयनगर विजयनगर गाउँपालिकाको वडा नं. ५ को नेवरंगिया घाटमा सोमवार पुलको शिलान्यस भएको छ । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले संयुक्त रुपमा पुलको शिलान्यस गर्नु भएको हो ।
उक्त पुल लिडो संस्थाको सहयोगमा कुल ८५ लाखमा निर्माण हुन लागेको हो जसमा उपभोक्ता समितिको ३७ लाख ८५ हजार ९० रुपियाँको बराबर सहभागिता रहने भएको छ । उक्त पुलको निमार्ण कार्य यसै आर्थिक वर्ष मा सम्पन्न गरिनेछ ।
गाउँपालिकाको प्राविधिक सहयोगमा वडा नः १ र ५ का स्थानीय बासी साथै विद्यार्थीहरुलाई सहज रूपमा आवतजावत गर्न सहज हुने उपभोक्त समिति को अध्यक्ष शिवनाथ यादव खुसी व्यक्त गर्नु भयो ।
पुल को लम्बाइमा११९ मिटर को निर्माण हुने सो कुरा इन्जिनियर प्रदीप चौधरीले जानकारी दिनु भयो । यस झुलुङ्गे पुलबाट १० हजार जनताले प्रत्यक्ष रुपमा लाभान्वित हुने बताउदै वडा अध्यक्ष अनवर मुसलमान ले ब्यापार ब्यवसाय मा समेत टेवा पुग्ने भएकोले सहयोग गर्नु हुने सबैलाई धन्यवाद व्यक्त गर्नु भयो ।