Connect with us
Kapilvast Forest

सूचनाको हक सम्बन्धी सरोकारवालासँग अभिमुखीकरण

२०७६, २३ मंसिर सोमबारमा प्रकाशित

कपिलवस्तु मंसिर २३ गते –

कपिलवस्तुको विजयनगर विजयनगर गाउँपालिकाको आयोजना र स्थानीय पत्रकार नेपालको संयोजनमा सूचनाको हक सम्बन्धी सरोकारवालासँग आइतवार अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सूचनाको हक कसले दिने ? कसरी, कहाँबाट प्राप्त हुन्छ ? र कसरी सूचनाको हक प्रभावकारी हुन्छ भन्ने विषयमा सो अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गाउँपालिकाले गरेको हो । सूचनाको हकलाई प्रभावकारी कार्यान्वयनका मुख्यतया ः तीन ओटा पक्षहरु रहेका छन् ।

पहिलो पक्षमा जनताले काम कारवाही बारे जान्न पाउनुपर्छ र अर्को पक्षमा आपुर्ति पक्ष हो, जनप्रतिनिधि, कर्मचारीले जनतालाई खुलासा गर्नुपर्छ भने तेस्रो पक्षमा सूचना सम्बन्धी जनताले काम, कारवाही बारे जनताले निराकरण र अनुगमन गर्नुपर्ने हुन्छ । यस सूचनाको हकलाई प्रभावकारी कार्यान्वयनका विषयवस्तुको बारेमा राष्ट्रिय सूचना आयोगका आयुक्त किरण कुमार पोखरेलले विस्तृत जानकारी गराउनु भएको थियो । उहाँले “सूचनाको मालिक जनता नै हो” भन्नु भयो ।

यो कुरा जनप्रतिनिधिले बुझ्ने र एक अर्कालाई बुझाउनु पर्ने पोखरेलले बताउनु भयो । जनप्रतिनिधिलाई जनताले आफ्नो अमुल्य मत दिएर जिताएको हुनाले जनतालाई सुचनाको हकको बारेमा सु–सुचित वा जानकारी गर्नु र गराउनु प्रतिनिधिको जिम्मेवारी भएको उहाँले स्पष्ट पार्नु भएको हो । जनप्रतिनिधिले जनतालाई मायाप्रेमको साथै उनीहरुको इच्छा, आपेक्षा र आवश्यकताको बारेमा बुझी त्यही अनुसार विभिन्न कार्यहरु गर्नु मुख्य दायित्व पनि भएको कुरामा जोड दिनु भयो ।

कार्यक्रमका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले कार्यक्रमलाई समापन गर्दै सूचनाको हक सम्बन्धी हरेक कुरालाई केलाएर जनतालाई दिनुपर्ने सम्पूर्ण गतिविधिका कुरालाई पारदर्शी गर्ने प्रतिबद्धता जनाउनु भएको छ । हरेक पक्षलाई स्पष्टताका साथ सबलीकरणमा जोड दिँदै अगाडी बढ्ने विश्वास थापाले व्यक्त गर्नु भयो । उहाँले हरेक नागरिकको घरदैलोमा सूचना पु¥याउने सकभर प्रयत्न गर्ने बताउनु भयो । कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त किरण कुमार पोखरेललाई मायाको चिनो प्रदान गरिएको थियो भने बालजी चौधरी र दिनेश चापागाईँले अन्तर्कृयामा आफ्नो भनाइ राख्नु भएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको अध्यक्षता, राष्ट्रिय सूचना आयोगका आयुक्त किरण कुमार पोखरेलको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीको विशिष्ट आतिथ्यतामा नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली काँगे्रस, समाजवादी पार्टी, राजपाका प्रतिनिधि, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, स्थानीय पत्रकार नेपालका अध्यक्ष शंकर ज्ञवाली, ईलाका प्रहरी कार्यालय गणेशपुर कार्यालयका प्रहरी निरिक्षक मधु नेपाल सशास्त्र प्रहरी बलका अनिष प्रसाद हाजरा, समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu