Connect with us
Kapilvast Forest

प्रचण्डलाई कार्यकारीको जिम्मेवारी दिएपछि जुर्मुरायो नेकपा

२०७६, २४ मंसिर मंगलवारमा प्रकाशित

 

काठमाडाैं ,मंसिर २४-नेकपा स्थायी समितिको बैठक पोहोर मंसिर २९ गते बसेको थियो । बीचमा बस्न सकेन । संयोगवश ठीक १ वर्षमा बस्दैछ मंसिर २९ गते नै ।अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारी अधिकार दिइएपछि पार्टीको संगठनात्मक सक्रियता बढेको छ ।

 

सोमवार बसेको सचिवालय बैठकले स्थायी समिति बबैठक डाक्नेसहित लामो समयदेखि अवरुद्ध पार्टी सञ्चालन प्रक्रियाका गाँठा फुकाएको छ । त्यस्तै अन्तरिम विधान संशोधन, संगठनात्मक एकतालाई पूर्णता, पार्टीका जिल्लामा देखिएका विवाद मत्थरजस्ता कार्य तत्काल हुने भएका छन् ।

अन्तरिम पार्टी विधानमा देखिएका त्रुटि परिमार्जन गर्न र सचिवालदय सदस्य वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन नेकपाले विधान संशोधन गर्न लागेको हो ।

यसका लागि गत वर्ष स्थायी समिति बैठकले म्यान्डेट दिएको थियो । पार्टी मुख्यालयमा अध्यक्ष दाहालको अक्ष्यक्षतामा बसेको बैठकले लिएका निर्णयबाट अब पार्टी सञ्चालनका अवरुघ यी सबै प्रक्रिया अगाडि जाने प्रतिक्रिया नेताहरूले दिएका छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu