Connect with us
Kapilvast Forest

आपत्तिजनक अवस्थामा भेटिए अमेरिकी नागरिक

२०७६, २४ मंसिर मंगलवारमा प्रकाशित

rape
काठमाडौं । नेपाली बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक अमेरिकी नागरिक पक्राउ परेका छन् । एयरपोर्टस्थित मेमोरियल गेष्ट हाउसको कोठा नम्बर १०४ बाट ३ नेपाली बालिकासहित १ विदेशी आपत्तीजनक अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सीआईबीको टोलीले उद्धार गरेका २ बालिका १० वर्षका र १ जना ९ वर्षका रहेका छन् ।

आर्थिक प्रलोभन देखाउँदै, खानेकुरा दिएर ललाइ-फकाई गरी यौन शोषण गर्दै आएका अमेरिकी नागरिक ४० वर्षीय जेसन ल्योयड मुडीलाई प्रहरीले पक्राउ गरेको हो । जबरजस्तीकरणी र बाल यौनदुराचार आरोपमा मुडीलाई आपत्तिजनक अवस्थामा पक्राउ गरिएको प्रहरीले मुडीलाई जबरजस्ती करणी सम्बन्धि कसुर अन्तर्गत अनुसन्धान भइरहेकोे जनाएकाे छ ।

जेसनको साथबाट प्रहरीले राहदानी ३ थान, विभिन्न कम्पनीका मोबाइल ४ थान, ल्यापटप १ थान, विभिन्न बैंकहरुका एटिएम कार्ड, मास्टर कार्ड तथा चेकका स्लिपहरु र विश्वभाषा क्याम्पसबाट जारी भएको परिचयपत्र लगायतका सामाग्रीहरुसमेत बरामद गरेको छ ।

गेस्टहाउससम्म लैजान्थे बालिकालाई
प्रहरीका अनुसार जेसन पछिल्लो पटक १० अगष्ट २०१९ मा नेपाल आएका थिए । २०१६ मा पहिलोपटक नेपाल आएका उनी विश्वभाषा क्याम्पसमा नेपाली भाषा अध्ययन गरिरहेका थिए ।

प्रहरीले विपन्न परिवारका बालिकालाई मुख्य ‘टार्गेट’ बनाउँदै यस अघि पनि जेसनले सोही गेष्टहाउसमा अन्य बालिकालाई पनि लैजाने र यौनशोषण गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

नेपाल प्रहरीका अनुसार परिवार काममा गएको मौकामा उनले विभिन्न प्रलोभन देखाएर बालिकालाई गेष्ट हाउससम्म लैजाने गरेको अनुसन्धानबाट खुलेको छ ।

जेसनले गेस्टहाउसमा लगेर बालिकालाई अनैतिक क्रियाकलाप गर्दै आएको सूचनाको आधारमा सीआईबीको टोली आइतबार गेस्टहाउसमा छापा मारेको थियो भने सोमबार घटना सार्वजनिक गरिएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu