Connect with us
Kapilvast Forest

सडक कार्यालय प्युठानका प्रमुख घुससहित पक्राउ

२०७६, २५ मंसिर बुधबारमा प्रकाशित

मंसिर २५ , काठमाडौं । सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियर ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन घुस लिँदालिँदै पक्राउ परेका छन् ।

काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा घुस लिँदालिँदै करिब २० लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार रनिङ बिल भुक्तानी गरिदिने भनेर उनीहरुले २० लाख रुपैयाँ घुस लिएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj