Connect with us
Kapilvast Forest

टाउकोमा चाया पर्ने समस्या छ ? यी कुरामा ध्यान दिनुहोस्

२०७६, २५ मंसिर बुधबारमा प्रकाशित

काठमाण्डाै – हाम्रो टाउकोमा छाला मर्ने र नयाँ पैदा हुने क्रम निरन्तर चलिरहन्छ । यसरी टाउकोमा छाला मर्ने र नयाँ पैदा हुने क्रम चलिरहँदा टाउकोमा सेता, मसिना, फुस्रा दागहरू, धुलो देखिन थाल्छन ।

यसैलाई हामी चाया भन्छौं । गर्मी मौसमको तुलनामा जाडोमा चायाको समस्या बढी हुन्छ ।

चाया पर्ने कारण 

कपालमा तेल धेरै हुँदा
फंगसको कारण
हर्मोनमा हुने परिवर्तन
वंशाणुगत कारण
लामो समयसम्म ननुहाउनु
घाममा धेरै बस्दा
टाउकोमा धेरै पसिना आउने भएमा
टाउकोलाई गुम्स्याएर राख्दा
चाया परेको व्यक्तिको कपाल कोर्ने ब्रस तथा काईंयो प्रयोग गर्दा
अरुले प्रयोग गरेको टावल प्रयोग गर्दा
कपालमा विभिन्न रसायन तथा विद्युतीय उपकरणको अत्यधिक प्रयोग गर्दा
चिसो मौसम
लामो समयदेखिको तनाव, थकान र चिन्ता ।

कस्तो अवस्थामा डाक्टरलाई देखाउने ?

चायाका कारण टाउकोमा घाउ बन्दा
धेरै चिलाउँदा
टाउकोमा केही भागको छाला खुइलिन थाल्दा
कपाल निरन्तर धेरै मात्रामा झर्न थाल्यो भने छाला रोग विशेषज्ञलाई देखाउनुपर्छ ।

बच्ने उपाय :-

टाउको कम्तिमा हप्तामा तीन पटक नुहाउने ।
नुहाउनुभन्दा पहिला तेल लगाउने ।
धेरै घाममा खाली टाउको नबस्ने ।
सुख्खा हुन नदिन नुहाएपछि नरिवलको तेल वा सेरम लगाउने ।
धेरै चाया परेको छ भने दिनदिनै नुहाउने ।
राम्रो खालको स्याम्पुको प्रयोग गर्ने, धेरै स्याम्पु परिवर्तन नगर्ने ।
सेल्सन, किटेकोनाजोल स्याम्पुको प्रयोग गर्ने ।

(टिचिङ अस्पतालमा कार्यरत छाला रोग विशेषज्ञ डाक्टर रीता श्रेष्ठसँग उज्यालाेका लागि विना न्यौपानेले गरेको कुराकानीमा आधारित)

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu