Connect with us
Kapilvast Forest

अर्घाखाँचीमा १० चक्के सवारी संचालन गर्न नपाईने

२०७६, २५ मंसिर बुधबारमा प्रकाशित

अराज बेल्बासे मंसिर २५-
सवारी दुर्घटना बढे सँगै अर्घाखाँचीमा प्रशासनले चेकजाँचलाई कडाइ गरिरहेको जनाएको छ । प्रशासनले कडाई गरेको बताए पनि सवारीले भने प्रहरीकै आखाँ छलेर पनि क्षमता भन्दा दोवर यात्रु बोक्ने गरेका छन । अर्घाखाँचीमा सञ्चालन हुने सवारीमा यतिबेला यात्रुको अत्याधिक चाप रहेकोले पनि सवारीले यात्रु बढी लिएर हिड्ने गरेका छन तर प्रहरीले भने ३२ जना मात्र राख्न पाउने भने पछि सवारीहरुले प्रहरी चेकपोस्टको १०० मिटर तल यात्रु झार्ने र चेकपोस्ट माथी १०० मिटर दुरीमा पुन यात्रु चढाउने गरेका छन ।

सन्धिखर्क जाने एक बस रेडियो शितगंगा अगाडी रोकियो यात्रु झार्न रोकेको अडकल स्थानियले गरे तर केही समयमै करिव ३० जनाको संख्यामा केही हुल आयो केही कार्यक्रम होला भन्ने सोचेको थिए पछि त त्यही गाडीमै चढे प्रत्यक्षदर्शी एक स्थानियले भने ।

यो एक प्रतिनिधी घटना हो । यति बेला कुलपुजाको समय भएकोले पनि अधिकांस सवारीहरु क्षमता भन्दा बढी सवारी बोकेर आउने गरेका छन । अर्घाखाँची आउने प्रथम प्रहरी चेकपोस्ट पथ्थरकोटले ३२ जना मात्र एक बसमा आउन दिएको र ठाडा प्रहरीले समेत त्यही सख्यामा यात्रु एक बसमा सवार गराउन भनेको इलाका प्रहरी ठाडाका प्रहरी नायव निरिक्षक सालिकराम खनालले बताउनु भयो ।

 

तर सवारी धनीहरुले चलाखी गरेको पाइए पछि चेकमा कडा गरेको खनालले बताउनु भयो । बसले यात्रु झार्ने गरेको जानकारी पाए पछि प्रत्येक सवारीमा चेकमा कडाइ गरेको उहाँले बताउनु भयो सोही अनुसार चेकपोस्ट भन्दा अगाडी ३ क्षमता भएको जिपमा करिव ३० जना आएको र चेकपोस्टमा झारेर अगाडी आएर चढाउने बेला पक्राउ गरि अन्य सवारी साधान बाट सम्बन्धित स्थानमा पठाइएको छ भने चालकलाइ समेत परार्मस दिएर छाडेको छ ।
यता जिल्ला शासन कार्यालय अर्घाखाँचीले बढ्दो दुर्घटना न्युनिकरण र जोखिम कम गर्न १० चक्के सवारी साधनमा रोक लगाउने निर्णय गरेको छ । सडक क्षमता भन्दा बढी भार वहन गरेको भन्दै १० चक्के सवारी सञ्चालनमै रोक लगाएको छ ।
अत्याधिकमात्रमा चल्ने टिप्परहरुको चापले मोटरसाइकल तथा पैदलयात्री समेत त्रसित बनेको भन्दै टिप्पर सडकमा एक बाट अर्कोको दुरी कम्तीमा १० मिनेट फरक हुनु पर्ने निर्णय भएको छ तर शितगंगा नगरपालिकामा त्यो नियम टिप्पर चालकले लागु गरेका छैन्न ।

शितगंगा नगरपालिका क्षेत्र जिल्लमै सबै भन्दा बढी सवारी चाप हुने सडक हो दैनि सयौ सवारी सुपादेउराली तथा सयौ टिप्पर तथा दौनिक चल्ने सवारी सञ्चालन हुने गर्दछन । तर शितगंगामा रहेको अस्थाइ ट्राफिक पोस्टमा २ जनामात्र ट्राफिक हुँदा देशकै ठुलो नगरपालिका शितगंगामा ट्राफिक प्रहरीहरुलाई भ्याइनभ्याइ भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj