न्यायाधीश नियुक्तिका लागि न्यायपरिषद् बैठक : को-को छन् सिफारिस सूचीमा ?
काठमाडौं : सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिको सिफारिस गर्न न्यायपरिषद्को बैठक बुधबार बस्दैछ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको अध्यक्षतामा बस्न लागेको बैठकले न्यायाधीश नियुक्तिको टुंगो लगाउने बुझिएको छ।
सर्वोच्चमा रिक्त एक न्यायाधीश पदमा नियुक्ति पाउने आसमा न्यायपरिषद्कै सदस्यले राजीनामा दिएपछि विवाद भएको थियो। न्यायपरिषद्कै सदस्यलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने तयारीको नेपाल बार एशोसियशन र नागरिकस्तरबाट तीव्र विरोध भएपछि यो रोकिएको थियो।
परिषद्का सदस्य पदम वैदिकले गत एक साताअघि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएका थिए। न्यायाधीश सिफारिसको संभावित सूचीमा उच्च अदालतका मुख्य न्यायाधीशद्वय हरिकुमार पोखरेल र कुमार चुडाल, अधिवक्ता डा डिल्लीमणी पोखरेल र पदम वैदिक रहेका छन्।