Connect with us
Kapilvast Forest

मोबाईलको प्रलोभनमा बालिका बलत्कार, घटना दर्ता गर्न प्रहरीद्धारा अस्विकार 

२०७६, २६ मंसिर बिहीबारमा प्रकाशित

कपिलवस्तु मंसिर २६,

मोबाईलको प्रलोभनमा पारेर कपिलवस्तुको मायादेबी गाउपालिका– २ गंगापुर भैसकुन्डाका एक युवाले नाबिलिकालाई बलत्कार गरेको आरोप लगाईएको छ । स्थानीय २२ बर्षिय अजहर तेली मुसलमानले १६ बर्षिय किशोरीलाई बलत्कार गरेको पीडीत बालिकाको परिवारले आरोप लगाएका हुन । लैङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहकै बेला सो घटना भएको हो ।

घटना गत मंसिर १८ गते राति ८ बजेको हो । प्रहरीले घटनाको जाहेरी लिन अस्विकार गरे पछि तौलिहवा स्थित माहुरी होम नामक संस्थामा पत्रकार सम्मेलन गरी सो कुरा बताएका हुन । पत्रकार सम्मेलनमा पीडीत बालिका, उनका बुवा र दाई तथा केही गाउलेहरु समेत सहभागी थिए । पडीत बालिकाले गाउकै छिेमेकी दाईले घटनाको १० दिन अघि आफुलाई सिम सहीतको मोबाईल् फोन दिएर आफुलाई राति पटक पकट भेटन बोलाउने गरेको बताईन । घटनाको दिन आफु राति ८ बजेतिर खेतमा रहेको कुर्सानी टिप्न जादा अजहरले आफुलाई करणी गरेको बताईन । करणी गरे पछि घटना बारे कसैलाई भनेमा ज्यानले मार्ने धम्की दिएका बताईन ।

‘ अजहरको धम्कीले म निकै डराएको थिए, घरमा कसैलाई भनेको थिएन ’ उनले भनिन । घटनाको अर्का दिन आफुलाई धम्की दिएर मोटर साईकलमा बसाएर ३ दिन सम्म अपरिच स्थलमा लगेर फेरी बलत्कार गरेको बताईन । गाउबाट ती नाबालिका गाउब भए पछि गाउमा होहल्ला मचेको थियो । त्यस बारे थाहा पाए पछि अजहरले लुम्बिनी क्षेत्रमा पीडीत बालिकालाई छाडेर भागे । बहिनीलाई लुम्बिनी क्षेत्रबाट गत मंसिर २२ गते साझ फेला पारेर घर ल्याएको पीडीत बालिकाका दाईले बताए । ‘ घरमा आए पछि छोरीले सबै कुरा बताई, त्यस पछि प्रहरीमा उजुरी दिन गए तर प्रहरीले उजुरी लिनै मानेन ’ पीडीत बालिकाका बुवाले दुःखी हुर्दै भने ।

उनले घटना लुम्बिनीमा भएको हो त्यही दर्ता गराउन भनेर आफुलाई जिल्ला प्रहरी काार्यलयबाट फर्का्रएको उनले बताए । आफनो नाबालिका छोरीलाई बलत्कार गर्नेलाई कडा कारबाही हुनु पर्ने उनले माग गरे । प्रहरी उपरिक्षक दीप शमसेर जबराले घटना भएको ठाउ लुम्बिनी भएकाले त्यतै जाहेरी दर्ता गनृ भनी आफुले पीडीत परिवारलाईए पठाएको बताए । माहुरी होमका अध्यक्ष रबि ठाकुरले घटना जिल्ला मै भएको र पीडीत बालिका ३ दिन पछि फेला मात्र लुम्बिनी परेकोले घटना दर्ता जिल्लमा मै हुनु पर्ने बताउछन ।

घटना पछि अजुहर फरार छन । सो ेमोबाईल्लको सिम गाउ कै अगुवा फैजल मुसलमाले बिगारेको पीडीत बालिकाका बुवाको आरोप छ । ‘ सिम बागारलेकोले मोबाईलम कसैको नम्बर नै देखिदैन ’ उनले भने । उता फैजलले आफुले सो घटनाको निश्पक्ष छानबिन हुनु पर्ने र दोषी देखिए कारबाही हुनु पर्र्ने कुरा मात्र भनेको दाबी गरे ।

उनले आफुलाई मोबाईलको सीम बारे कुनै जानकारी नभएको बताए । मुलकी संहीत अनुसार १८ बर्ष मुनीका बालिकालाई सहमति वा असहमति दुबै अपस्थमा जबरजस्तीकरणी भएको करा मानिने उल्लेख गरिएकोृ छ । १६ देखि १८ बर्ष सम्मका बालिकालाइ्रृ करणी गर्नेलाई १० देखि १२ बर्ष कैद हुन सक्ने प्रावधान छ । घटना भएको एक साता बढी भईै सक्दा पनि हाल सम्म उजुरी दर्ता भएको छैन भने पीडीत बालिकाको स्वास्थ्य परि।क्षण समेत नहुदा सबुत प्रमाण नष्ट हुने संभावना बढेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj