बेलायती आमनिर्वाचनमा कन्जर्भेटिभ पार्टीलाई ‘ऐतिहासिक’ बहुमत
लन्डन– बेलायतको आम निर्वाचनमा कन्जर्भेटिभ पार्टीले स्पष्ट बहुमत हासिल गरेको छ ।६ सय ४२ सिटका लागि बिहीबार भएको निर्वाचनमा पछिल्लो मतपरिणामअनुसार कन्जर्भेटिभ पार्टीले ३ सय ६२ सिट जितिसकेको छ । सदनमा स्पष्ट बहुमतका लागि ३ सय २६ सिट भए पुग्छ ।प्रतिपक्षी दल लेबर पार्टीले भने २ सय ३ सिटमा जीत हासिल गरेको छ ।