Connect with us
Kapilvast Forest

बाबुराम भट्टराईलाई रेखा थापाको सुझावः यत्तिको बुद्दिभाका मान्छे आँफै केही गरे हुने

२०७६, २८ मंसिर शनिबारमा प्रकाशित

काठमाडौं । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री रेखा थापाले पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईप्रति कटाक्ष गरेकी छिन् । कार्यक्रम प्रस्तोता रवि लामिछानेले चलाउन लागेको कार्यक्रम ‘नेताको खोजी गर्दै ‘द लिडर यो राष्ट्रको सेवक’ कार्यक्रममा भट्टराई मेन्टोर रहेका छन् ।उक्त कार्यक्रमको घोषणासँगै कतिले कार्यक्रमको आलोचना गरेका छन् भने कतिले उक्त कार्यक्रमका निर्णायकहरुलाई लिएर व्यंग पनि गरेका छन् । रियालिटी शो भन्ने बित्तिकै बिजनेश भएको र यसले नेता जन्माउने भन्दा पनि व्यापारलाई बढी केन्द्रित गर्ने भनाइहरु सामाजिक सञ्जालमा देखिएका छन् ।

निर्णायक मण्डलमा पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधीश सुशील कार्की र साझा पार्टीका संयोजक रवीन्द्र मिश्र रहेका छन् ।

उनीहरुबारे केही मिडियाले खुलेरै आलोचना गरेका छन् । समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईलाई लक्षित गर्दै भनेकी छिन्,‘बाबुराम भट्टराईलाई ड्राइभिङ सिकाउने मेसो गर्नु पर्‍यो, सधैं सहायक हुने आदत परेको छ । यत्तिको बुद्दिभाका मान्छे आँफै पनि केही गरे हुने, नभए नेकपामा सम्मानित भएर बस्दा कसो हुदो हो ?

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu