Connect with us
Kapilvast Forest

बाग्लुङ जिप दुर्घटना : घाइतेको उपचार खर्चको जिम्मा गोकर्ण बिष्टले लिए

२०७६, २८ मंसिर शनिबारमा प्रकाशित

गुल्मी : मंसिर १७ गते जिप दुर्घटनामा परी घाइते भएकाको औषधि उपचारको व्यवस्था आफूले जिम्मा लिने पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले बताए।

 

बिष्टले इश्मा गाउँपालिका ४ पोयापाटामा शुक्रबार आयोजना गरिएको श्रद्धाञ्जली सभामा बोल्दै बिष्टले इश्माका चार वर्षीय हिमाल कार्की र नवलपरासी वर्दघाट नगरपालिका २ का १८ वर्षीय जीवन कार्कीको उपचारको सबै व्यवस्था आफूले गर्ने बताए।

१७ गते मंगलबार बाग्लुङको बडिगाढ गाउँपालिका ७ अल्छीबाङ्गमा सवारी दुर्घटनामा परी ज्यान गुमाएका १६ जना मध्ये ११ जना इश्मा गाउँपालिकाका मात्रै भएको भन्दै बिष्टले दुःख ब्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरे। यस्तै इश्मा गाउँपालिकाले मृतकका परिवारलाई प्रतिव्यक्ति २० हजारका दरले राहत दिने भएको छ।

 

गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्टले मृतकका परिवारलाई प्रतिव्यक्ति २० हजारका दरले राहत दिने जानकारी दिदै घटनामा उद्धारदेखि दाहसंस्कार गर्दा सम्मको खर्च गाउँपालिकाले व्योहोर्ने बताए।  यस्तै श्रद्धाञ्जली सभामा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले घटनाको बारेमा वास्तविक छानबिन समिति बनाएर सत्य तथ्य बाहिर ल्याउन राज्यले नसकेको भन्दै घटनाको बारेमा वास्तविक छानविन गर्न आग्रह गरे। घाइतेलाई बिष्टको पहलमा उपचारका लागि मंगलबार नै हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो। घाइते भएका चार वर्षीय हिमाल कार्की र नवलपरासी वर्दघाट नगरपालिका २ का १८ वर्षीय जीवन कार्कीको भने काठमाडौंमा उपचार भइरहेको छ।

गुल्मीको इस्मा गाउँपालिका ४ दोहोलीबाट बागलुङको निसिखोला गाउँपालिका वायोखोलामा कुल पुजाको लागि हिँडेको ग १ ज ५२१९ नम्बरको जिप मंसिर १७ गते मंगलबार दुर्घटनामा परेको हो। दुर्घटनामा परेकामध्ये १० जनाको सोही दिन नै इस्मा गाउँपालिका ५ रजस्थल हुलाकेमा सामुहिक दाहसंस्कार गरिएको थियो। भने ज्यान गुमाउने अधिकांश इस्मा गाउँपालिकाका भएको भन्दै इस्मा गाउँपालिकाले बुधबार १८ गते सार्वजनिक बिदा दिएको थियो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu