Connect with us
Kapilvast Forest

बैेंकहरुले नि:शुल्क बिमाको प्रचार गर्न नपाउने

२०७६, २९ मंसिर आईतवारमा प्रकाशित

काठमाडौं । राजधानीबाट आइतबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक – फरक विषयका समाचारलाई महत्वका साथ सम्प्रेषण गरेका छन् ।

शनिबार जनता समाचार डट कम मा सञ्चारमाध्यमलाई समृद्धिको सहयात्री बन्न मन्त्री ज्ञवालीको आग्रह (भिडियोसहित), डा. विजय पौडेलसहित जनतामा ७ जनाको नयाँ कार्यसमिति, धनुषामा बम बिस्फोट, प्रहरी निरीक्षकसहित ५ जना घाइते, जनता प्रसारण तथा प्रकाशन लिमिटेडको पाँचौ वार्षिक साधारणसभा (प्रत्यक्ष प्रसारण) र पाकिस्तानी दूतावास जाने नेतृलाई समाजवादी पार्टीले कारबाही गर्ने लगायतका समाचार प्रकाशित गरिए ।

कारोबार दैनिकमा पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुले निक्षेपकर्ताहरुलाई खाता खोल्न आकर्षण गर्न नि:शुल्क बिमा सुविधाको प्याकेज दिन थालेपछि बिमा समिति कडारुपमा प्रस्तेत भएको समाचारलाई प्राथमिक समाचार बनाइएको छ । समाचारमा लेखिए अनुसार बैेंकहरुले निक्षेपकर्ताहरुलाई नयाँ खातासँगै जीवन तथा निर्जीवन बिमाका प्याकेज ल्याएका छन् । तर निक्षेपकर्ताले दाबी नपाएके गुनासो गरेपछि समितिले निर्देशन नै जारी गरेको हो ।

पत्रिकामा लेखिएअनुसार बिमकले सहकार्यमा बिमा व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने नीतिगत मार्गदर्शन, २०७६ जारी गर्दै बिमा समितिले बैंक तथा वित्तिय संस्थाहरुले आफ्ना निक्षेपकर्ताहरुको बिमा गर्दा सम्पूर्ण व्यत्तिगत विवरण बिमा कम्पनीहरुलाई बुझाउनुपर्ने व्यवस्था गरेको छ । यसैगरी कारोबारले विद्युत् वितरणमा विवाद प्रदेश कि प्राधिकरण ? शीर्षकमा अर्को मुख्य समाचार पनि प्रथम पृष्ठमा प्रकाशित गरेको छ ।

कान्तिपुर दैनिकले अवैध बाटो हुँदै नेपालबाट अमेरिकातर्फ भइरहेको मानव तस्करीबारे विश्लेषणात्मक समाचार बनाई प्राथमिकताका साथ छापेको छ । समाचारमा उल्लेख भए अनुसार दलालको भर परेर अमेरिका जाने व्यक्तिहरूको करोडौं रुपैयाँ स्वाहा भएको छ । अवैध बाटो हुँदै जाने ९२२ जना २ वर्षको अवधिमा डिपोर्ट भएका समाचारमा उल्लेख छ ।

अन्नपूर्ण पोष्ट् दैनिकमा ‘जब प्रहरीले बम चिनेन’ शीर्षकमा प्रमुख समाचार प्रकाशित गरिएको छ । शनिबार राती धनुषाको क्षिरेश्वरनाथ ५ मा बम बिस्फोट हुँदा मृत्यु हुनेहरुको ज्यान प्रहरीले नै बम नचिन्दा भएको समाचारमा लेखिएको छ । पत्रिकाले प्रहरीले बमको पहिचान गर्न नसक्दा अप्रिय घटना घट्न पुगेको विश्लेषण गर्दै प्रमुख समाचार बनाएको हो ।

त्यस्तै पत्रिकामा नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने अडानमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरु रहेको समाचारलाई पनि प्राथमिकताका साथ छापिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu