Connect with us
Kapilvast Forest

नेकपा सचिवालय बैठक : स्थायी समिति बैठकका लागि ५ एजेण्डा तय

२०७६, २९ मंसिर आईतवारमा प्रकाशित

 

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकले स्थायी समिति बैठकका लागि एजेन्डा तय गरेको छ ।पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकले स्थायी समिति बैठकका लागि पाँचवटा एजेन्डा तय गरेको जानकारी दिएका हुन् ।श्रेष्ठका अनुसार स्थायी समिति बैठकका लागि राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने, विधान संशोधन गर्ने, केन्द्रीय कमिटी बैठक बोलाउने, भारतसँगको सीमा विवाद र विविध एजेन्डा गरिएको छ ।

करिब एक वर्षपछि आइतबार दिँउसो पार्टीको स्थायी समिति बैठक बस्दैछ । तीन–तीन महिना बस्नुपर्ने बैठक विभिन्न कारण देखाउँदै बस्न सकिरहेको थियो । आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

आजको सचिवालय बैठकमा केही बेर प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका थिए । ओलीले बैठकमा आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए । श्रेष्ठका अनुसार प्रम ओलीले सचिवालय सदस्यहरुलाई आफ्नो स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको जानकारी दिएका थिए । बैठकले प्रम ओलीको स्वास्थ्यलाभको कामना गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu