Connect with us
Kapilvast Forest

प्रचण्डको अध्यक्षतामा नेकपा स्थायी कमिटी बैठक शुरु, ओली अनुपस्थित

२०७६, २९ मंसिर आईतवारमा प्रकाशित

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को स्थायी कमिटी बैठक शुरु भएको छ ।बैठक पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको छ ।पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा कार्यकारी भूमिका पाएपछिको यो पहिलो स्थायी कमिटी बैठक हो । स्थायी कमिटी बैठक एक वर्ष पहिला बसेको थियो ।

बैठकमा अर्का अध्यक्ष केपी ओली भने सहभागी भएका छैनन् । एपेन्डिसाइटिसको अप्रेसनपछि १० दिन अस्पताल बसेर फर्किका ओली बालुवाटारमा आराम गरिरहेका छन् । उनी आज विहान बसेको नेकपा सचिवालय बैठकमा भने केही बेर सहभागी भएका थिए ।

स्थायी कमिटी बैठकका लागि पाँच वटा एजेण्डा तय आइतवार विहान बसेको सचिवालय बैठकले गरेको थियो । जसमा स्थायी कमिटी बैठकमा छलफल हुने छ ।

‘प्रचण्डले पेश गर्ने राजनीतिक प्रतिवेदन, विधान संशोधन, केन्द्रीय कमिटीको अर्को बैठक, नेपाल भारत सीमा समस्या र विविध भनेर बैठकका लागि पाँच वटा कार्यसूची तय भएको छ’ विहानको सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu