Connect with us
Kapilvast Forest

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा सैनामैनाका ज्ञवालीको उम्मेदवारी

२०७६, २९ मंसिर आईतवारमा प्रकाशित

सुबास बेल्बासे , २९ मंसिर बुटबल ।
नेपाल जेसीजको ४६ औ महाधिबेशन यहि पुस ९ देखि १२ गते सम्म चितवनको रत्नगरमा हुँदैछ । उक्त महाधिबेशनले सन् २०२० को लागि राष्ट्रिय पदाधिकारीहरुको चयन गर्नेछ । उक्त महाधिबेसनमा राष्ट्रिय उपाध्यक्ष पदका लागि रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको सैनामैना जेसीजले जे.सी बिमल ज्ञवालीलाई जेसिजको राष्ट्रिय उपाध्यक्षमा उम्मेदवार बनाएको छ ।
आज बाबरी पार्टी प्यालेसमा उम्मेदवारी प्रबद्धन कार्यक्रमको आयोजना गरी स्थानिय निकाय र यस क्षेत्रका सरोकारवाला समक्ष उम्मेदवार प्रवद्र्धन समितीले जानकारी गराएको हो ।
सैनामैना २ उचडिहवा निवासी ज्ञवाली सैनामैना जेसीजका सन् २०१८ का अध्यक्ष हुनुहुन्छ । सन् २०१४ मा स्थापना भएको संस्थाको ज्ञवालीले महासचिव हुँदै शाखा अध्यक्ष बन्नुभएको हो । उहाँ नेपाल जेसीजबाट २०१८ मा जेसीज अफ द मन्थ बाट पुरस्कृत भई एरिया ( डि) मा तालिम प्रशिक्षकको रुपमा मनोनयन समेत हुनुभएको थियो ।
छोटो समयमै व्यक्तित्व र नेतृत्व विकास गर्दै दर्जनौ संघसंस्थामा सक्रिय रुपमा जिम्मेवारी सम्हाली सक्नुभएका ज्ञवाली रोटरी क्लव अफ तिलोत्तमाको संस्थापक सचिव, प्याब्सन रुपन्देही सदस्य, अभिभावक संघ सैनामैनाका सचिव, ट्रेड युनियन महासंघ सैनामैनाका उपाध्यक्ष , बोलबम पर्यटकीय पार्कका सचिव, मानव सेवा आश्रम,रेडक्रस लगायतमा आबद्ध हुनुहुन्छ । स्नात्तक तहसम्म अध्ययन पुरा गर्नुभएका ज्ञवाली सैनामैना ईन्भेष्टमेन्ट कम्पनी र बाबरी पार्टी प्यालेसका संचालक समेत हुनुहुन्छ ।
ज्ञवाली सँग देश भित्रको मात्र नभई विदेश भ्रमणको समेत अनुभव छ । उहाँ छोटो समयमै भारत,सिंगापुर, थाईल्याण्ड, ईण्डोनेसिया, दुबई र मलेसिया समेतको भ्रमण गरिसक्नुभएको छ । विभिन्न क्षेत्रमा अनुभव बटुलेका ज्ञवाली पुर्व मेचीदेखी पश्चिम महाकाली सम्म जेसीज युवाहरुका ढुकढुकी हुनुहन्छ ।
जेसीजको राष्ट्रिय उपाध्यक्ष पदका उम्मेदवार बिमल ज्ञवालीले सैनामैना जेसीजबाट नेपाल जेसीजको कार्यकारिणी पदमा संस्था स्थापना पश्चात् हाल सम्म प्रतिनिधित्व नभएका कारण आफुले उम्मेदवारी दिएको बताउनुभयो । राष्ट्रिय स्तरमा जेसीजलाई दरिलो बनाउनुका साथै संस्थागत रुपमा नेपाल जेसीज र सैनामैना जेसीज बीचको सम्बन्धलाई अझ मतबुत गराउनमा समेत महत्वपुर्ण भुमिका खेल्ने उहाँको भनाई छ । उहाँले सैनामैना क्षेत्रको प्रचुर सम्भावना बोकेका पर्यटकीय,सांस्कृति,ऐतिहासिक,पुरातात्विक क्षेत्रलाई प्रबद्र्धन गर्न समेत आफ्नो उम्मेदवारी रहेको कुरा जानकारी गराउनुभयो ।
कार्यक्रममा सैनामैना नगर प्रमुख चित्र बहादुर कार्कीले सैनामैनाका प्रतिनिधीले राष्ट्रिय स्तरमा उम्मेदवारी दिनु सबैका लागि गौरवको बिषय भएको बताउनुभयो । उहाँले जितको सुनिश्चितताका लागि आफुले पुर्ण रुपमा सहयोग र साथ दिने बताउँदै हरेक सरोकारवाला निकायले जुनसुकै क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो । कार्कीले सैनामैना क्षेत्रका पर्यटकीय एवम् यस क्षेत्रको प्रचार प्रसार गराउनका ठुलो टेवा पुग्ने उल्लेख गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्मा, सैनामैना जेसीका संस्थापक अध्यक्ष रामप्रसाद अधिकारी,नेकपा सैनामैना ईन्चार्ज खुसीराम चौधरी, मोहनराज बानिया, सैनामैना जेसीजका पुर्वअध्यक्ष नन्दु थापा क्षेत्री, कन्चन जेसीज्का अध्यक्ष चुडामणी पौडेल, सैनामैना जेसीज वर्ष २०१९ का अध्यक्ष सुवास पौडेल, दिपक अधिकारी लगायतले बोल्दै जितका लागि सबै एक ढिक्का भएर प्रचार प्रसार जोड दिनुपर्ने बताउनुभयो । उहाँहरुले सैनामैनाको चिनारीलाई राष्ट्रिय स्तर सम्म पुर्याउन सहयोग पुग्ने बताउँदै सबैको साथ र सहयोग मिल्ने प्रतिबद्धता सहित आ –आफ्ना धारण व्यक्त गर्नुभयो ।
सैनामैना जेसीजका संस्थापक अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षता तथा अध्यक्ष सुवास पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा सैनामैनाका समाजसेवी एव् सरोकारवालाहरुको सहभागिता रहेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu