Connect with us
Kapilvast Forest

कीर्तिपुरमा दुई महिने बालक र सुत्केरी मृत भेटिए

२०७६, ३० मंसिर सोमबारमा प्रकाशित

 

काठमाडौं –
काठमाडौंको कीर्तिपुरमा निसास्सिएर आमा र छोराको मृत्यु भएको छ ।कोठा तातो बनाउन भन्दै कोइला बालेर सुतेका ३२ वर्षीय शर्मिला रञ्जितकार र उनका २ महिनाको छोराको मृत्यु भएको हो । कोठामा सँगै सुतेका शर्मिलाका श्रीमान् नमराज रञ्जितकार बिरामी भएका छन् ।

जाडो मौसम भएको र सुत्केरी भएको कारण सानो कोठामा सबै झ्याल ढोका बन्द गरी कोइला बालेर सुतेका उनीहरुमध्ये शर्मिला र दुई महिनाको बालक बिहान मृतअवस्थामा फेला परेका हुन् ।

बिहान श्रीमती र छोरालाई उठाउँदा नउठेपछि घचघच्याउँदा मृत्यु भइसकेको पाएपछि नमराजले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी छेदीलाल कामतीले रातोपाटीलाई बताए ।

बिहान ७ बजे खबर पाउनेबित्तिकै पुगेको प्रहरीले शर्मिलाका श्रीमान नमराजलाई पनि बिरामी अवस्थामा फेला पारेको थियो । नमराज अहिले हिँड्न नसक्ने अवस्थामा रहेको प्रहरीले बताएको छ ।

वृत्तका डिएसपी कामतीका अनुसार एउटा सानो कोठा भाडामा लिएर उनीहरु बस्दै आएका थिए । दुई महिनाकी सुत्केरी शर्मिला र छोरालाई चिसोबाट बचाउनका लागि राती कोइला बालेर सुतेको नमराजले प्रहरीसमक्ष बताएका छन् । तर एउटामात्रै रहेको झ्यालको सिसा बन्द गरेको र ढोकासमेत थुनेर सुतेको कारण अक्सिजनको अभावमा निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीकाने अनुमान छ ।

तर मृत्युको कारण यही हो भनेर अहिले नै भन्न नसकिने र घटनाबारे अनुसन्धान भइरहेको डिएसपी कामतीले बताए ।जाडो समयमा कोठा बन्द गरी आगो बाल्दा अक्सिजनको अभाव भई निसास्सिएर मृत्यु हुने गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu