Connect with us
Kapilvast Forest

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निदन आजै अन्त्येष्टि गरिने

२०७६, ३० मंसिर सोमबारमा प्रकाशित

काठमाण्डौ – चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको आइतबार राति हृदयघातका कारण निधन भएको छ । ५२ वर्षीय भट्टराईको आइतबार राति सवा १० बजे निधन भएको हो ।

वैवाहिक कार्यक्रमबाट निवास फर्कंदै गर्दा बाटोमा बेहोस हुनुभएका उहाँलाई उपचारार्थ ओम अस्पताल लगिएकामा राति निधन भएको हो । अस्पताल ल्याउनुअघि नै उहाँको निधन भैसकेको ओम अस्पताल स्रोतले जनाएको छ ।

उहाँ एक वर्षअघि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त हुनुभएको थियो । उहाँ ३० वर्षभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । उहाँले आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरवावु, छोडी गए पाप लाग्ला, सो सिम्पल’ लगायतका चलचित्र निर्माण गर्नुभएको थियो । उहाँले धेरैै चलचित्रमा अभिनय समेत गर्नुभएको थियो ।

उहाँ चलचित्रका निर्देशकका साथै जनपक्षीय चलचित्रकर्मी मञ्चका पूर्वअध्यक्षसमेत हुनुहुुन्थ्यो । उहाँका श्रीमती र एक छोरा रहेका छन् । उहाँको आजै अन्त्येष्टि गरिनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu