Connect with us
Kapilvast Forest

पत्रकार महासङ्घको भवन निर्माणका लागि सहयोग

२०७६, ३० मंसिर सोमबारमा प्रकाशित

३०मङ्सिर : नेपाल पत्रकार महासङ्घ दोलखा शाखाको भवन निर्माणका लागि सात गाउँपालिका तथा दुई नगरपालिका र अन्य सङ्घसंस्थाको सहयोगमा आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । आधुनिक सूचनासहितको उक्त भवन निर्माण गर्न यसअघि करिब रु ३० लाखभन्दा बढी खर्च भइसकेको शाखाका अध्यक्ष जीवन लामाले बताए ।

भवन निर्माण गर्न भनी अल्पाइन पब्लिक स्कुल चरिकोटले एक कार्यक्रमको आयोजना गरी सोे भवन निर्माण गर्नका लागि रु २० हजार नगद सहयोग गरेको छ । स्कुलले आयोजना गरेको अल्पाइन फिस्टा–२०७६ को अवसर पारी महासङ्घलाई सो सहयोग गरेको प्राचार्य उद्धव थापाले बताए ।

जिल्लाकै नमूना र सूचनामैत्री निर्माणाधीन भवनका लागि स्कुलबाट यो पहिलो आर्थिक सहयोग प्राप्त भएको हो । फिस्टा कार्यक्रमको आयोजनमा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीले कक्षागत साङ्गीतिक कार्यक्रम र शिक्षकले चेलीबेटी बेचबिखन विरुद्धको प्रहसन प्रस्तुत गरेका थिए । सो विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म ९३७ विद्यार्थी अध्ययनरत रहेका स्कुलका निर्देशक तेञ्जिङ शिराब लामाले बताए । भवन निर्माण गर्नका लागि भीमेश्वर नगरपालिकाले रु १० लाखको चेक हस्तारण गरेको छ ।

मङ्सिर : नेपाल पत्रकार महासङ्घ दोलखा शाखाको भवन निर्माणका लागि सात गाउँपालिका तथा दुई नगरपालिका र अन्य सङ्घसंस्थाको सहयोगमा आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । आधुनिक सूचनासहितको उक्त भवन निर्माण गर्न यसअघि करिब रु ३० लाखभन्दा बढी खर्च भइसकेको शाखाका अध्यक्ष जीवन लामाले बताए ।

भवन निर्माण गर्न भनी अल्पाइन पब्लिक स्कुल चरिकोटले एक कार्यक्रमको आयोजना गरी सोे भवन निर्माण गर्नका लागि रु २० हजार नगद सहयोग गरेको छ । स्कुलले आयोजना गरेको अल्पाइन फिस्टा–२०७६ को अवसर पारी महासङ्घलाई सो सहयोग गरेको प्राचार्य उद्धव थापाले बताए ।

जिल्लाकै नमूना र सूचनामैत्री निर्माणाधीन भवनका लागि स्कुलबाट यो पहिलो आर्थिक सहयोग प्राप्त भएको हो । फिस्टा कार्यक्रमको आयोजनमा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीले कक्षागत साङ्गीतिक कार्यक्रम र शिक्षकले चेलीबेटी बेचबिखन विरुद्धको प्रहसन प्रस्तुत गरेका थिए । सो विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म ९३७ विद्यार्थी अध्ययनरत रहेका स्कुलका निर्देशक तेञ्जिङ शिराब लामाले बताए । भवन निर्माण गर्नका लागि भीमेश्वर नगरपालिकाले रु १० लाखको चेक हस्तारण गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu