Connect with us
Kapilvast Forest

सिन्धुपाल्चोक बस दुर्घटना : मृतकका आफन्तले शव बुझे, ६ जनाको सामुहिक दाहसंस्कार

२०७६, ३० मंसिर सोमबारमा प्रकाशित

सिन्धुपाल्चोक । १५ जनाको ज्यान जाने गरी आइतबार भएको बस दुर्घटनामा मृत्यु भएका आफन्तहरुले शब जिम्मा लिएर सदगत गरेका छन् ।
लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा भएको बस दुर्घटनामा १२ यात्रुको घटना स्थलमा मृत्यु भएको थियो भने तिन जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

मृतक मध्ये जुगल गाउँपालिका–७ याङलाकोटका छ जनाको सामुहिक दाहासंस्कार गरिएको छ । याङलाकोटका सबिना तामाङ, रेश्मा तामाङ, रोशनी तामाङ, मञ्जु तामाङ, सुकबहादुर तामाङ र फुलमाया तामाङको बाह्रविसे स्थित सुनकोशी नदी किनारमा सामुहिक दाहासंस्कार गरिएको जुगल गाउँपालिका–७ का वडा अध्यक्ष दिलकुमार तामाङले जानकारी दिए । मृतक मध्ये फुलमाया तामाङ बलेफी गाउँपालिका–७ की हुन् ।

 

त्यस्तै दुर्घटनामा मृत्यु भएका लक्ष्मी श्रेष्ठ,महेश तामाङ,रामशरण खत्री,मैया खत्री,गंगामाया तामाङ,रञ्जित बस्नेत र जुनुमाया श्रेष्ठको शब आफन्तहरुले अन्तिम संस्कारको लागि आइतबार बेलुकी नै राजधानी लगेको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।

बसका चालक तामाङकी श्रीमती सुनिताको तामाङको पनि दुर्घटनामा मृत्यु भएको थियो । सुनिताको माइती र घर पक्षका आफन्तहरु आएर शब बुझेको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए । तामाङ समुदायको बौद्ध परम्परा अनुसार लामा ल्याएर डाँडामा दाहासंस्कार गर्ने प्रचलन भएपनि बस दुर्घटनामा मृत्यु भएका सबैको नदी छेउमा दाहासंस्कार गरिएको छ । परम्पारा अनुसार लामाहरु नै ल्याएर दाहासंस्कार गरिएपनि गाउँमा लैजान नसक्ने अवस्था भएर नदी छेउमा नै दाहासंस्कार गरिएको वडा अध्यक्ष तामाङले जानकारी दिए ।

 

शोकमा गाउँपालिकामा बिदा, प्रति मृतक ५० हजार राहात
बस दुर्घटनामा एक गाउँपालिकाको ६ जनाको मृत्यु र धेरै घाइते भएपछि जुगल गाउँपालिकाले शोकमनाउन सोमबार जुगल गाउँपालिकामा बिदा दिएको छ । त्यस्तै मृतक परिवारलाई तत्काल राहात स्वरुप ५० हजार दिने गाउँपालिकाले निर्णय गरेको गाउँपालिका अध्यक्ष होमनारयण श्रेष्ठले जानकारी दिए । दुर्घटनामा घाइतेहरुको उपचारको व्यवस्था मिलाउनका लागि जुगल–७ का वडा अध्यक्ष दिलकुमार तामाङको संयोजकत्वमा समिति समेत गठन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu