Connect with us
Kapilvast Forest

गुप्तचरलाई जन्मकैदसम्मको सजाय

२०७६, १ पुष मंगलवारमा प्रकाशित

१ पुस, निषेधित क्षेत्रमा काम गर्ने गुप्तचरलाई जन्मकैदसम्मको सजाय

राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले निषेधित काम गरेमा सात वर्षदेखि जन्मकैदसम्मको कडा सजायको प्रावधान राखिएको छ ।

मुलुकको गुप्तचर निकायका रूपमा रहेको विभागलाई नियमन र सञ्चालन गर्न ल्याइएको नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको नेपाल समाचारपत्रमा खबर छ ।

समाचार अनुसार, विधेयक अति गोप्य सूचना, इन्टेलिजेन्स प्रतिवेदन, अति गोप्य कागजातको कुनै प्रलोभनमा परी बेचबिखन गरी गोप्यता भंग गरेमा आफ्नो जिम्मामा रहेका हातहतियार लिई भागेमा वा दुरुपयोग गरेमालगायत अपराधमा जन्मकैदसम्म हुने प्रावधान राखिएको छ ।

विशाल बजारमा १० करोड भ्रष्टाचार

विशेष अदालतले न्युरोडस्थित विशाल बजार कम्पनीमा १० करोड रुपैयाँ भ्रष्टाचार भएको छ । विशेष अदालतले भाडा र बिलबिनाको खर्चमा अनियमितता ठहर गरेको कान्तिपुर समाचचारमा उल्लेख छ ।

कान्तिपुरका अनुसार विशेष अदालतले त्यसका तत्कालीन अध्यक्ष रवीन्द्रलाल श्रेष्ठ र सदस्य अशोकजीव तुलाधरलाई २–२ वर्ष कैद फैसला गरेको छ । कम्पनीका प्रमोदकुमार अग्रवाल र विजयकुमार बानियाँलाई डेढ वर्षको कैद सुनाइएको छ । यसबाहेक वासुदेव विष्ट, गौतमलाल श्रेष्ठ र निर्मलकुमार धानुकलाई भने एक वर्ष कैद फैसला भएको छ । प्रत्येकलाई १ करोड २१ लाख ८५ हजार बिगो र त्यति नै जरिवाना गर्ने फैसला पनि विशेषले गरेको कान्तिपुरले लेखेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu