Connect with us
Kapilvast Forest

सेतोपाटीको समाचारप्रति विप्लव समूहको आपत्ती

२०७६, २ पुष बुधबारमा प्रकाशित

दाङ-नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकर्ता बेपत्ता भएकोबारे सेतोपाटीमा प्रकाशित समाचारबारे उक्त समूहले आपत्ती जनाएको छ।

दाङको राजपुर गाउँपालिका-३ करंगा निवासी मीना बिकले विप्लव समूहमा लागेका आफ्ना ३१ वर्षीय पति वीरबहादुर बिक गत असोज ३० गतेदेखि सम्पर्कविहीन भएको भन्दै खोजी र जीवन रक्षा माग गर्दै विभिन्न संस्थामा निवेदन दिएकी थिइन्

उक्त निवेदनबारे सेतोपाटीले मंसिर २६ गते समाचार प्रकाशित गरेको थियो।

पढ्नुस्: सुराकी आरोपमा विप्लवले पति बेपत्ता पारेको भन्दै पत्नीले दिइन् प्रहरीमा निवेदन

मीनाको निवेदनमा आफ्ना पति सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीमा लागेको उल्लेख छ।असोज ३० गते राजपुर ४ बाट विप्लवका दाजु ‘वीरजंग’ सहित राप्ती ब्युरोका २१ नेता पक्राउ परेको थिए। वीरबहादुर सोही दिनदेखि बेपत्ता भएको मीनाले बताएकी छन्।

जिल्ला प्रहरी कार्यालय दाङको मुद्दा फाँटका प्रमुख प्रहरी निरीक्षक राजन गौतमका अनुसार निवेदक बिकले आफ्ना पतिलाई पार्टीकै मान्छेले सुराकी गरेको आरोपमा बेपत्ता पारेको हुन सक्ने शंका व्यक्त गरेको जानकारी दिए।

‘असोज २९ गते बेलुका ४ जना मानिससँग घरमा आए केहीबेरमा उनीहरूसँगै गएका रहेछन्। उनी ३० गते बिहान साढे ५ बजेतिर फेरि घर आए। आधा घन्टा नबित्दै फोन आएपछि फेरि पार्टीका साथीले बोलाए भनेर ६ बजेतिर घरबाट गएदेखि सम्पर्कविहीन भएको निवेदनमा उल्लेख छ,’ प्रहरी निरिक्षक गौतमले भने।

अघिपछि वीरले पार्टीको काममा रहँदा पनि बेलाबेला घरमा फोन गर्ने गर्थे।

पछिल्लो समय उनले प्रयोग गर्ने मोबाइल नम्बर ९८०९८९५५९७ स्वीच अफ छ।

विप्लवले आफ्नै कार्यकर्तालाई सुराकीको आरोपमा बन्धक बनाएको तथा कारबाही गरेको भन्ने हल्ला चलेको हुँदा आफू निवेदन दिन आएको मीनाले प्रहरीलाई भनेकी छन्।

विप्लव समूहका दाङ सेक्रेटरी रतनले केहीदिनअघि विज्ञप्ति जारी गर्दै वीरबहादुरलाई आफ्नो पार्टीले बोलाएको र गिरफ्तार गरेको कुरा झुठो भएको दाबी गरेका छन्।

‘हाम्रो पार्टीले वीरबहादुर बिकलाई घरबाट लगेर बेपत्ता पारेको भनी श्रीमती मीना बिकले मानव अधिकारकर्मी, जिल्ला प्रहरी कार्यालय, पत्रकार महासंघ र बार एसोसिएसनलगायत संस्थामा दिएको निवेदनले हामीलाई आश्चार्यचकित तुल्याएको छ,’ उनको विज्ञप्तिमा भनिएको छ।

त्यसअघि नेपाल र भारतको सीमा राजपुरबाट विप्लवका उच्च तहका नेता कार्यकर्ता पक्राउ परेलगत्तै सुराकी गरेको आशंकामा आफ्नै चार जना कार्यकर्तालाई उक्त समूहले कारबाही स्वरूप बन्धक बनाएको सूचना सेतोपाटीलाई प्राप्त भएको थियो।

हेर्नुस् समाचारसेन्ट्री बसेका विप्लवका कार्यकर्ता नै प्रहरीका ‘सुराकी’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu