Connect with us
Kapilvast Forest

‘राष्ट्रियता र जनजीविकाका सवालमा सरकार उदासीन’

२०७६, २ पुष बुधबारमा प्रकाशित

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले सरकार राष्ट्रियता, जनगणतन्त्र र जनजीविकाका समस्या समाधान गर्न उदासीन देखिएको बताउनुभएको छ ।

सिरहाको गोलबजारमा आयोजित पत्रकार सम्मेलनमा महासचिव वैद्यले सरकार चौतर्फी रुपमा असफल बनेको आरोप लगाउनुभयो ।

भारतले आफ्नो भू–राजनीतिक नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भू–भागलाई समेट्दा समेत सरकारबाट ठोस पहल नभएको वैद्यको आरोप छ । महासचिव वैद्यद्वारा जारी प्रेस विज्ञप्तिमा राष्ट्रिय स्वाधीनतासँगै पहिचानसहितको संघीयता लगायत उत्पीडित वर्ग समुदायका जनतन्त्र तथा जनजीविकाका समस्या विरुद्ध संघर्ष गर्ने र कार्यगत एकता तथा संयुक्त मोर्चा निर्माण गरिने उल्लेख छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu