Connect with us
Kapilvast Forest

सागमा पदक विजेता खेलाडीलाई ललितपुरको सम्मान

२०७६, २ पुष बुधबारमा प्रकाशित

ललितपुर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जित्ने खेलाडीहरुलाई ललितपुर महानगरपालिकाले सम्मान गरेको छ । महानगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पदक विजेता खेलाडीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै महानगरका मेयर चिरीबाबु महर्जनले पदक विजेता खेलाडीहरुलाई बधाई दिनुका साथै एसियन गेम र ओलम्पिकमा पदक जितेर आएपछि अझ ठूलो रकमले सम्मान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । खेल क्षेत्रमा ठूलो योगदान गर्न नसकेपनि ऐनमा उल्लेख भएअनुसारको काम महानगरले गरेको उहाँले बताउनुभएको छ ।

महानगरले फुटबलमा लागनी गरिरहेको उल्लेख गर्दै महर्जनले एन्फामा दर्ता भएको क्लबहरुलाई टीम तयारी स्वरुप सहयोग गरेको बताउनुभयो । महानगरभित्रका ए डिभिजन क्लबहरुलाई ४ लाख, बि डिभिजन क्लबहरुलाई ३ र सि डिभिजन क्लबहरुलाई २ लाख रुपैयाँ तयारीका लागि दिइएको महर्जनको भनाइ छ ।

सम्मान कार्यक्रममा स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठीले काठमाडौं उपत्यकाको सभ्यता १६ औं शताब्दीको युरोपियन सभ्यतासँग मेल खाने गरेको बताउनुभयो ।

ललितपुर महानगरले नगरपालिकाको १००औं स्थापना दिवस पनि मनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu