Connect with us
Kapilvast Forest

दैनिक दुई जना नेपालीको विदेशमा मृत्यु

२०७६, ३ पुष बिहीबारमा प्रकाशित

काठमाडौं । पछिल्लो पाँच वर्षमा वैदेशिक रोजगारीमा गएका चार हजार १५३ जना कामदारले विदेशी भूमिमा ज्यान गुमाएका छन्। पैसा कमाएर आफ्नो र परिवारको जीवन सुखमय बनाउने सपना बोकेर गएका उनीहरु शव बनेर फर्किएका हुन् ।

त्यसको बदलामा राज्यले भने पाँच वर्षमा ३६ अर्ब ११ अर्ब रुपैयाँ रेमिट्यान्स भित्र्याएको छ । यसलाई आधार मान्दा हरे दिन वैदेशिक रोजगारमा गएका कम्तीमा दुई युवाको शव मुलुक भित्रन्छ। त्यसको बदलामा राज्यले दिनको औसत दुई अर्ब रुपैयाँ रेमिट्यान्स भित्र्याइरहेका छ। पाँच वर्षको अवधिमा नेपालबाट २१ लाख ७२ हजार ५१० युवा विभिन्न मुलुक गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा मात्रै पाँच लाख ८८ हजार ८२८ नेपाली काम गर्न विभिन्न मुलुक गएका छन् । नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu