Connect with us
Kapilvast Forest

महराको निवेदनउपर उच्च अदालतमा आज सुनुवाइ,थुनामुक्त होलान्

२०७६, ३ पुष बिहीबारमा प्रकाशित

३ पुस, काठमाडौं । पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेशविरुद्ध उच्च अदालत, पाटन पुगेका पूर्वसभामुख कृष्णबहादुर महराको निवेदनमा बिहीबार सुनुवाइ हुँदैछ ।

उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासमा उनको निवेदनमाथि सुनुवाइ हुन लागेको हो ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले १८ कात्तिकमा महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

५ मंसिरमा महराले उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । अदालतले पीडित भनिएकी महिला कर्मचारीसँग पनि बयान लिइसकेको छ । जसमा उनले आफूमाथि करणी नभएको दाबी गरेकी छन् ।फौजदारी कार्यविधि संहिता-२०७४ मा रहेको व्यवस्था बमोजिम महराले निवेदन थिएका थिए ।

घटना विवरण कागजात, जाहेरी दरखास्त, मौकामा कागज गर्नेहरुको बयान र तत्काल प्राप्त प्रमाणको आधारमा महरा कसूरदार होइन भन्न नसकिएको भन्दै उनलाई थुनामा पठाउन आदेश भएको थियो । त्यसयता उनी डिल्लीबजार कारागारमा छन् ।महरालाई १९ असोजमा प्रहरीले बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu