Connect with us
Kapilvast Forest

भारत लैजाँदै गरेको मदिरा बरामद

२०७६, ४ पुष शुक्रबारमा प्रकाशित

४ पुस, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट भारततफै लैजाँदै गरेको मदिरा बरामद गरेको छ । प्रहरीले ब्ल्याक ओके २१ थान, गोल्डेन ओके ७ थान, कस्तुरी ५० थान बरामद गरेको हो ।

गैह्रकानुनी रूपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको विभिन्न ब्रान्डका शिल प्याक मदिरा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।

बीआर०५एए ५७९९ भारतीय नम्बरको मोटरसाइकलमा भारत लैजाँदै गर्दा वीरगञ्जन-१६ बाट मदिरा बरामद गरिएको प्रहरीको भनाइ छ । भारतको बिहार राज्यमा मदिरामा प्रतिबन्ध लागेपछि भारतीय नेपालमा आएर मदिरा पिउनेसँगसँगै नेपालबाट मदिरा तस्करी गरेर सीमावर्ती क्षेत्रमा लैजाने क्रम बढेको छ ।त्यस्तै अवैध घरेलु मदिरा ४५ लिटर बरामद गरी नष्ट गरिएको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu