Connect with us
Kapilvast Forest

नगरपालिकामा तालाबन्दी, टायर बालेर प्रदर्शन

२०७६, ४ पुष शुक्रबारमा प्रकाशित

राजविराज । व्यापक भ्रष्टाचार भएको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकामा युवाहरुद्वारा गरिएको तालाबन्दी छैटौँ दिन पनि कायमै रहेको छ । माग सम्बोधनमा चासो नदिएको भन्दै युवाहरुले शुक्रबार पनि पातो बजारमा टायर बालेर प्रर्दशनसमेत गरेका हुन् ।

भ्रष्टाचार बन्द गर, भ्रष्टाचारीलाई कारवाही गर लगायतका माग राख्दै थालिएको आन्दोलनकाे एक साता वित्न लाग्दा पनि माग सम्बोधनमा कुनै चासो नदिएपछि प्रदर्शन गर्नु परेको प्रदर्शनकारी युवाहरुको भनाइ छ ।

नगरपालिकाको हरहिसाब सार्वजनिक गर्नुपर्ने, कार्यालयका लागि हालसम्म खरिद गरिएका सरसमानको विवरण र बिल सार्वजनिक गर्नुपर्ने मागसहित उनीहरुले गत मंसिर २९ गतेदेखि नगरपालिका कार्यालयमा तालाबन्दी गरेका थिए ।

नगर प्रमुख शिवनारायण साहले कार्यालयमा लगाइएको ताला खुलाउन युवाहरुसँग वार्ताको पहल भइरहेको बताएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu