Connect with us
Kapilvast Forest

मन्त्रालयको आदेशमा वडाले भत्कायो बस्ती

२०७६, ५ पुष शनिबारमा प्रकाशित

नेपालगञ्ज । गृह मन्त्रालयको आदेश पाएपछि वडा कार्यालयले सुकुम्बासी बस्ती भत्काएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२०, गायत्रीनगरमा तीन विघा सात कठ्ठा १४ धुर जग्गामा रहेको सुकुम्बासी बस्तीका घर वडा कार्यालयले भत्काएको हो ।

आर्दश माध्यमिक विद्यालयको नाममा लालपूर्जा रहेकोे कित्ता नम्बर २, ३ र ८ भएको जग्गा खाली गर्न गृह मन्त्रालयले परिपत्र गरेपछि त्यहाँ अवस्थित बस्ती भत्काइएको बताइएको छ ।

जग्गा वि.स २०३६ सालमा विद्यालयको नाममा श्रेस्ता कायम भएको थियो । पुर्जा बनेपछि नियमित रुपमा मालपोत तिर्दै आएको विद्यालयका प्रध्यानध्यापक प्रकाश आचार्यले बताउनुभयो । समय समयमा जग्गा छाड्नको लागि स्थानियहरुलाई जानकारी गराउँदा पनि अटेर गरेपछि डोजर नै लगाउनु परेकाे उहाँको भनाइ छ ।

सरकारले घर भत्काइदिएपछि आफूहरु त्रिपाल मुनि नै बस्ने स्थानीय शिवलाल शर्माले बताउनुभयो । सरकारले आफूहरुको माग कहिल्यै सम्बोधन नगरेको शर्माको गुनासो छ ।बाँके जिल्लामा रहेका ४४ वटा विद्यालयहरुलाई सरकारले सामुहिक रुपमा एकै पटक लालपुर्जा वितरण गरेको र सोही समयमा आदर्श माध्यमिक विद्यालयले पनि पुर्जा पाएको वडा अध्यक्ष कृष्ण कार्कीले जानकारी दिनुभएकाे छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj