दाङमा ५ करोडको खानेपानी योजना शुरू
दाङ-५ नम्बर प्रदेशको आर्थिक सहयोगमा दाङको पश्चिम क्षेत्रमा पर्ने शान्तिनगर र दंगीशरणलाई पुग्ने गरी करीब ५ करोड रुपैयाँको लागतमा खानेपानी योजना शुरू भएको छ ।शान्तिनगर गाउँपालिका–३, ४ र दंगीशरण गाउँपालिका वडा नम्बर ६ लाई खानेपानीको पहुँच पुग्ने गरी प्रदेश सरकारबाट यसै वर्षदेखि शुरू हुने गरी बजेट विनियोजन गरिएको छ ।
४ करोड ९९ लाख लागतको ‘गैरीखेत चिसापानी खानेपानी योजना’ नाम दिएर शुरू गरिएको योजनाको प्रदेशसभा सदस्य विमला वलीले शिलान्यास गरेकी छन् ।
प्रदेशसभा सदस्य वलीका अनुसार चालू आर्थिक वर्षबाट निर्माणको काम हुने योजनाको ट्यांकी निर्माणका लागि ७० लाख रुपैयाँ र पाइपलाइन विस्तार तथा व्यवस्थापनका लागि करीब १ करोड १७ लाख बराबर ठेक्का प्रक्रियामा अगाडि बढाइको छ ।
गैरीखेत चिसापानी खानेपानी समितिका अध्यक्ष गोमनबहादुर ओलीले खानेपानी योजना सम्पन्नपछि २ गाउँपालिकाका करीब २ दर्जन गाउँमा खानेपानी पुग्ने बताए ।