Connect with us
Kapilvast Forest

मेयर उम्मेदवार एवम नायक मिश्रा माथि कुटपिट

२०७६, ५ पुष शनिबारमा प्रकाशित

कृष्णनगर ५ पुस । कपिलवस्तु स्थित आफ्नै घरमा बोलाएर क्षेत्र नं ३का सांसद एवम नेपाली कांग्रेसका नेता अभिशेष प्रताप शाहले गत चुनावमा राप्रपावाट कृष्णनगरका मेयरका उम्मेदवार एवम नायक श्याम मिश्रालाई टाउकोमा चोट लाग्ने गरी कुटपीट गरेका छन् ।

आफ्ना गाडीका चालक शशि कस्यपलाई बोलाउन पठाएपछि शाहका घरमा पुगेका मिश्रालाई कोठाभित्र थुनेर सांसद शाह र ड्राइभर कस्यपले मरणासन्न हुनेगरी कुटपीट गरेको पीडित पक्षका आफन्तले जानकारी दिएका छन् ।
मरणासन्न हुनेगरी कुटपीट पछि सांसद शाहका ड्राइवरले उनलाइ गाडीमा राखेर कृष्णनगर बजार स्थित सडकमा ल्याएर छाडेका थिए ।स्थानीयतले घाइते मिश्राको उद्धार गरी बहादुरगंज पठाएकोमा उनको गंभिर अवस्था देखेपछी बुटवल रिफर गरिएको वताइएकोछ।

 

कपिलवस्तुका प्रहरी उपरीक्षक दिप शम्शेर जवराले मिश्राले सांसद शाह र उहाका ड्राइवरले कुटपीट गरेको भन्ने जानकारी प्रहरीमा दिएको वताउनु भयो । घाइते मिश्रालाई उपचारकालागि बुटवल पठाइएको समेत वताउनु भयो ।
घाइतेको उपचारलाई पहिलो प्राथमिकता दिइएकाले पीडीत पक्षवाट निबेदन दिनेकाम नभएको जवराको भनाइछ ।सांसद शाहलाई पीडितको निवेदन नआई संसद चलेका बेलामा सभामुखको अनुमति विना पक्राउ गर्न नमिल्ने भएकाले पक्राउ नगरिएको उपरीक्षक जवराले प्रष्टाउनु भयो । सांसद शाहको ड्राइवर फरार रहेकाले पक्राउ गर्न नसकिएको उहाले वताउनु भयो । कृष्णनगरमा रहेका सांसद शाह टेलफोन संपर्कमा आउन चाहानु भएन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu