Connect with us
Kapilvast Forest

लागुपदार्थ सेवन रोक्न किशोरीहरुको पहल

२०७६, ६ पुष आईतवारमा प्रकाशित

दिपक के.सी. ,कपिलवस्तु पौष ६-

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ को सोनपुर गाउँमा दिन दहाडै स्थानिहरुले घरेलु मदिरा सेवन तथा विक्रि वितरण गर्ने गरे पछि स्थानीय किशोरीहरु यसको नियन्त्रका लागी अग्रसर भएका छन । स्थानिय गाउँका अभिभावक किशोर किशोरीहरु संग मद्यपान धुम्रपान नियन्त्रणका शिवपुर आशा संजालले मास मिडिया कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।

दुव्यसनी र कुलतबाट बालबालिका र किशोर किशोरीलाई टाढा राख्न अभिभावक, जनप्रतिनिधी,सामाजिक व्यक्तिहरु, किशोर किशोरी संवाद केन्द्र, सामाजिक संस्था र सुरक्षा कर्मीको कस्तो भूमिका रहने भन्ने विषयमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आसा संजालकी अध्यक्ष रीमा थारुले अभिभावकले आफ्ना बालबालिका अगाडी नै मदिरा,सुर्ति जन्य पदार्थ सेवन गरि दिदा र मदिर जन्य पदार्थ खरिद गर्न छोरी छोरीलाई पठाउदा किशारहरु यसको लतमा लाग्ने बताइन ।

अभिभावको तर्फबाट बोल्दै सुनौलो स्वावलम्बन समूहकी अध्यक्ष मिना देवि थारुले गाउँ विहानै देखि मदिरा जन्य पदार्थ बेच विखन हुने हुदाँ पुरुषहरु विहानै मदिरा पसलमा भेटिने बताइन । घरमा श्रीमानले मदिरा सेवन गरे पछि झै झगडा हुने र आर्थिक स्थिती पनि नाजुक हुने शान्ति स्वावलम्बन अध्यक्ष चिन्की थारुले बताइन ।

मदिरा सेवन रोकथाम गर्न र यसको लतबाट किशोर किशोरीलाई जोगाउन अभिभावकले बालबालिकाको अगाडी मदिरा सेवन नगर्नु पर्ने,खरिद गर्न नपठाउने, मदिरा खाएर होहल्ला गर्नेलाई प्रहरीको जिम्मा लगाई कार्बाही गर्ने गराउने गरे केहि हद सम्म नियन्त्रण हुने समाजसेवी तुलाराम थारुले बताए । वडा नं. १ का वडा अध्यक्ष जगत बहादुर जिसीले वडामा बालमैत्री शासन लागु भइसकेकोले अब बालबालिकालाई कुनै पनि काम लगाउनु अपराध भएको जनाउदै, मदिरा व्यवसायीहरुले पनि बालबालिका बेचविखनमा रोक्नु पर्ने जनाए । अभिभावकले पनि आफ्ना बालबालिका अगाडी मदिरा सुर्ति जन्य पदार्थ सेवन गरे कारर्बाहि गरिने अध्यक्ष जिसीले बताए ।

थारु बस्ती भएका परम्परा देखि नै विहेभोज भतेर र फुर्सदको समयमा रमाइलो गर्न सेवन गरिने मदिरा जन्य पदार्थले समाजलाई विगार्दै लगेकोले मदिरा सेवन र विक्रि वितरण रोकथामका लागी सबै गाउँनै एकजुट भएर लाग्नु पर्ने वडा सदस्य भिखु थारुले बताए । गाउँमा कोहि कसैले मदिरा जन्य पदार्थ सेवन गरी होहल्ला गरेमा अथवा परिवारमा हिंसा गरेमा तुरुन्त प्रहरीलाई खबर गर्न वडा प्रहरी कार्यालय चन्द्रौटा सई लिल बहादुर कुवँरले आग्रह गरे ।

संघसंस्थाको तर्फबाट बोल्दै किर्डाक नेपालका कार्यक्रम संयोजक श्रीबहादुर भण्डारीले संस्थाले विभिन्न संवाद केन्द्रमा मदिरा र कुलतका विषयमा किशोर, किशोरी, कोपिला, र अभिभावक संग छलफल हुने गरेको जनाए । संघसंस्थाको प्रयासले मात्रै यसको नियन्त्रण सम्भव नहुने भएकोले सबै लाग्नु पर्ने उनले सुझाव दिए । शिवपुर आशा संजालको आयोजनामा सम्पन्न कार्यक्रम संजालकी अध्यक्ष रीता थारुको अध्यक्षता र वडा नं. १ का अध्यक्ष जगत जिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu