Connect with us
Kapilvast Forest

विप्लव कार्यकर्ताद्वारा गाउँपालिका अध्यक्षको अपहरण

२०७६, ६ पुष आईतवारमा प्रकाशित

दैलेख -दैलेखमा गाँउपालिका प्रमुख अपहरणमा परेका छन् । जिल्लाको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका हुन् ।शाहीको वडा नम्बर २ को श्रीपाटामा रहेको आफ्नै घरबाट गएराति साढे १२ बजेतिर १५ जनाको समूहमा आएका मानिसहरुले अज्ञात स्थलतर्फ लगेको उनका भाइ हस्त शाहीले जानकारी दिए।

समूहमा आएका उनीहरुले प्रतिबन्धित नेकपाका कार्यकर्ता भएको बताएको शाहीको भनाइ छ।अध्यक्ष शाहीसँगै श्रीमती लिला शाहीलाई पनि उक्त समूहले लिएर गएको छ। सोधपुछ छ भन्दै अध्यक्ष शाहीलाई लिएर गएको भाइ हस्तले बताए।

उक्त समूहले भाइ हस्त शाहीलाई पनि आधाबाटोसम्म लिएर साढे १ बजेतिर छोडिदिएको उनले बताए।यता जिल्ला प्रहरी कार्यालय दैलेखले उक्त घटना जानकारीमा आएको बताए पनि पुष्टि भने भैनसकेको जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu