नेकपा स्थायी कमिटी बैठक सकियो, यस्ताे गर्याे निर्णय
६ पुष, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।एकसातादेखि जारी स्थायी कमिटीको बैठकले यहि पुष २३ गतेका लागि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो । अध्यक्षद्वयको प्रतिवेदनमा आगामी माघ महिनामा केन्द्रीय समिति बैठक बोलाउने भनिएपनि सदस्यहरुले चाँडो गर्नुपर्ने भनेपछि पुषमै बोलाउने निर्णय भएको एक सदस्यले बताए ।
स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सुंयुक्त रुपमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई परिमार्जनसहित पारित गरेको छ । महासचिव विष्णु पौडेलले पेश गरेको विधान संसोधनको प्रस्ताव भने केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरिएको नेकपाले जनाएको छ ।