Connect with us
Kapilvast Forest

धनगढीलाई हराउँदै बुटवल एक खेलअघि नै प्ले अफमा

२०७६, ६ पुष आईतवारमा प्रकाशित

पोखरा । दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट ९पीपीएल० मा तेस्रो जितसँगै बुटवल बलास्टर्स प्लेअफमा पुगेको छ । जितसँगै बुटवल चार खेलबाट ६ अंक सहित तालिकाको दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको छ ।
प्रतियोगिताअन्तर्गत आफ्नो चौथो खेलमा बुटवलले धनगढी ब्लुजलाई ७ विकेटले पराजित गरेको हो । जितसँगै बुटवल चार खेलबाट ६ अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको छ । ४ खेल खेलेको चितवन ८ अंकसहित यसअघि नै प्लेअफमा स्थान बनाइसकेको छ । कुल ६ टिम रहेको प्रतियोगितामा प्लेअफमा पुग्ने दुई टोलीको टुंगो लागेको छ ।

पोखरा रंगशालमा भएको खेलमा धनगढीले दिएको १४१ रनको लक्ष्य पछएको बुटवलले १६ ओभर ४ बलमा ३ विकेट गुमाएर १४१ रन पूरा गरेको थियो । बुटवललाई जित दिलाउन अफ्ताबद्धि अहमेदले अर्धशतकीय पारी खेले । २३ बल खेलेका उनले १ चौका र ७ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । त्यस्तै हर्ष टोङ्ले ४० रनको योगदान गरे । बुटवलका लागि शंकर रानाले २५ रनको योगदान गरे । बुटवलका लागि सिभम् सिंहले नट आउट रनको योगदान गर्दा भीम सार्कीले रनको योगदान गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित १९ ओभर पाँच बलमा अल आउट हुँदै १४० रन बनाएको थियो । धनगढीका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेले । ४५ बल खेलेका उनले ६ चौका र २ छक्काको सहयोगमा ६१ रनको योगदान गरे । दीपेन्द्र १७ ओभरको तेस्रो बलमा क्याच आउट भएका थिए । उनी अविनाश बोहोराको बलमा शंकर रानाले क्याच आउट गरेका हुन् ।

धनगढीले दोस्रो ओभरको दोस्रो बलमा आफ्नो पहिलो विकेट गुमायो । धनगढीका सुभेन्दु पाण्डे १ रन बनाएर आउट भए । उनलाई ललित भण्डारीले बोल्ड आउट गराएका हुन् । बुटवलले तेस्रो ओभरको तेस्रो बलमा आफ्नो दोस्रो विकेट गुमायो । धनगढीका रोर्डिको थोमस ५ रन बनाएर आउट भए । उनलाई सोमपाल कामीले बोल्ड आउट गराएका हुन् ।

चौथो ओभरको तेस्रो बलमा धनगढीले लगातार दोस्रो विकेट गुमायो । उनी लालित भण्डारीको बलमा सागर थापाको हातबाट क्याच आउट भएका हुुन् । उनले रन बनाउन भने सेकनन् । १६ ओभरको अन्तिम बलमा अविनाश बोहोराले दीपक पुनियालाई ४ रनमा आउट गरे । अविनाशले पुनियालाई बोल्ड आउट गरेका हुन् । १९ ओभरको दोस्रो बलमा धनगढीले आफ्नो सातौं विकेट गुमायो । धनगढीका सौरभ खनाल १० रन बनाएर आउट भए । उनी ललित भण्डारीको बलमा भिम सार्कीले क्याच आउट गराएका हुन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu