Connect with us
Kapilvast Forest

कुखुराको मासुको भाउ बढे संघलाई तत्काल कारबाही गर्छौं : विभाग

२०७६, ७ पुष सोमबारमा प्रकाशित

boilar

काठमाडौं, पुस ७ -उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ब्रोइलर कुखुराको मासुमा मूल्यवृद्धि हुन नदिने बताएको छ।नेपाल ह्याचरी संघले मासुमा मूल्य बढाउन भन्दै करिब चालिस लाख चल्ला नष्ट गरेको थियो। तर, विभागले मूल्य र आपूर्तिमा असहज हुन नदिने बताएको छ।

‘चल्ला नष्ट गरेको कुराबारे हामीले संघलाई सोध्यौं, मूल्य र आपूर्तिमा असहज भए तुरून्तै कारबाहीमा गर्छौं,’ विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले सेतोपाटीसँग भने।संघका पदाधिकारीले बजार मूल्य र आपूर्ति असहज नहुने बताएको सुवेदीले जनाए।

अहिले प्रतिहप्ता ३० लाख चल्लाको माग छ, उत्पादन ४५ लाख छ। हालसम्म ह्याचरी संघले १५ करोड रुपैयाँ बराबरको ३० लाख चल्ला र ४५ करोड मूल्य बराबरको अण्डा नष्ट गरेको छ।

काठमाडौं, धनगढी, बुटवल, चितवन, पोखरालगायतका ठाउँका चल्ला तथा अन्डा नष्ट गरिएको छ।मंसिर २९ देखि पुस ८ गतेसम्म संघले चल्ला उत्पादन नगर्ने घोषणा गरेको छ।१० दिनमा हुने ६० लाख चल्ला उत्पादन नभएपछि बजारमा मासुको अभाव सृजना गराउन खोजिएको थियो। यही अभाव सृजना गरेर मासुको मूल्य बढाउने तयारी थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu