Connect with us
Kapilvast Forest

पाल्पाबाट लागूऔषधसहित एक पक्राउ

२०७६, ७ पुष सोमबारमा प्रकाशित

७ पुस, पाल्पा । लागूऔषधसहित पाल्पाबाट एक व्यक्ति पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका– १० का १९ वर्षीय विवश मल्ल रहेका छन् ।हाइस गाडी हुँदै बुटवलबाट पोखरातर्फ गइरहेका उनलाई दोभान प्रहरीचौकी पाल्पाले तिनाउ गाउँपालिका– ३, दोभानबाट लागू औषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।

प्रहरीले गत मंसिर अन्तिम साता पनि दोभान झुम्साबाटै लागूऔषधसहित दुई जनालाई पक्रेको थियो । पटक पटक लागूऔषध ओसारपसारमा संलग्न केही व्यक्ति यही क्षेत्रमा फेला पार्न थालेपछि प्रहरीले सवारी साधन जाँचलाई कडा पार्दै लगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu